६५ रुपैयाँमा खाना खान पाइने रेस्टुरेन्ट खुल्यो

काठमाडौं उपत्यकामा निः’शुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चा’लनमा ल्याएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानि’सहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवा’उने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

हाम्रो टीम नेपा’लका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खो’लिएको बताए । रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खु’वाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताए ।

रेस्टुरेन्टबाट नेपाली खानाको प्रव’र्द्धन हुने पनि अध्यक्ष पन्तले बताए । हाम्रो टीम ने’पालले गत वर्ष चैत ११ गतेदेखि लकडाउन भएपछि काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएका मानिस’हरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।
यो पनि प’ढ्नुहोस्

प्रधान’मन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्र’धानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो । ओलीको ‘प्रतिगामी कदम’ को वि’रोधमा प्रचण्ड–नेपाल समूहले देशभर अभियान सञ्चालन गरिरहेके बेला ओलीले यस्तो टि’प्पणी गरेका हुन् ।

‘ उहाँह’रुको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो । तर पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मन’साय उहाँहरुमा छ’, चितवनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे। ओलीले आफू सहभागी कार्यक्रममा चितवनका वि’घटित प्रतिनिधिसभाका सांसद र भरतपुर महानगरपालिकाका मेयर समेत नआएको भन्दै कटाक्ष गरे ।उनले मेयर रेणु दाहाल कार्यक्रममा नआएर पिकनि’क खान गएको भन्दै आक्रोश पोखे ।

उनले आफूहरु देश बनाउने अभि’यानमा जुटेको भन्दै चितवन जिल्लाका लागि २ हजार क्षमताको सभाहल सिलान्यास आजै गरेको र त्यो छिट्टै उद्घाटन गर्ने तया’रीमा जुटेको बताए । यस्तै राज’मार्ग चौडा बनाउने कामको सिलान्यास पनि गरिएको भन्दै आफूहरुले राम्रो काम गर्दा प्रचण्ड–नेपाल समूहमा छ’टपटी देखिएको टि’प्पणी गरे । – रातो पाटीबाट

प्रतिकृया दिनुहोस्