शहीदको सपना साकार पार्न सरकार क्रि’याशील छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको स”पना साकार पार्नकै लागि सरकार निर’न्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअ’ज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शहीदको ब’लिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न यो’गदान पुगेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्र’योग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलि’दानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताउनुभयो । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणि’ज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, जनसाधारणलगायतको स’हभागिता थियो ।

सभा हुनुअघि रत्नपार्क शान्तिवाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म प्र’भातफेरी गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको टुकडीले शहीदप्रति स’लामी चढाएको थियो । राणाशासनविरु’द्ध प्रजातन्त्रका लागि ज्या’न अ’र्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृ’ त्युद’ ण्ड पा’एपछि उहाँहरुको स्मरणमा शहीद दि’वस मनाउने गरिएको छ ।

राणाशासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीस्थित खरीबोट, र धर्मभक्त माथेमालाई सि’फल तथा माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृ’ त्युद ण्ड दि’एका थिए चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्था’पना गरिसकेको छ ।
शहीद दि’वस समाचारः शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने जान’कारी दिनुभएको छ । शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बो’धन गर्दै उहाँले शहीदका सपना साकार पार्न प्रमुख दलले नै आपसी वा’दवि’वा’द होइन, जनता र राष्ट्रप्रति जवा’फदेही हुनुपर्ने अव’स्था आएको बताउनभुयो ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका कांग्रेस प्रति’पक्ष दलका नेता इन्द्रबहादुर बानियाँले शहीदले गरेको त्या’गलाई उच्च सम्मान गर्नुपर्छ भन्नुभयो ।जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खु’लाल, समितिका उपाध्यक्ष रामेश्वर रानाले सत्ता राजनीतिको होडबाजीलाई त्यागेर विकासप्रति एकजुट हुन आ’ग्रह गर्नुभयो । उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट निस्केको यालीले शहीद स्मा’रक पुगी शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको थियो ।

स्मारकमा श्र’द्धाञ्जलि अर्पण
शहीद दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित अमर शहीद स्मारकमा आज पुष्प’गुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, मुख्यमन्त्री पौडेल, मन्त्रीहरु क्रमशः विभिन्न दलहका नेता एवं सुरक्षा निका’यका उच्च पदस्थ अधिकृतले अमर शहीदको स्मारकमा पुष्पगुच्छा अ’र्पण गर्नुभएको थियो । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मा’न अर्पण गरेको थियो ।

लोकतन्त्रको स्थिर विकास आव’श्यक ः पूर्वमन्त्री डा महत
दमौली–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले शहीदको सप’ना पूरा गर्न लोकतन्त्रको स्थिर विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाद्वारा शहीद दिवसको अव’सरमा आज व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो अल्ट्रा म्याराथनको उ’द्घाटन गर्दै उहाँले लोकतन्त्रको दिगो ढङ्गले वि’कास गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

“लोकतन्त्रको विकासका लागि शही’दले ठूलो योगदान दिएका छन्, ज्यानको आ’हूति दिएका छन् । शहीदलाई सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि राजनीतिक, सामाजिक, आर्थिक अधिकारलाई सुनि’श्चित गर्नुपर्छ ।” राजनीतिक विकासको साथसाथै आर्थिक समुन्नतिको आव’श्यक रहेकाले त्यसतर्फ सबैको ध्यान हुनुपर्नेमा पूर्वमन्त्री समेत रहेका डा महतले जो’ड दिनुभयो ।

खेलकूदको माध्य’मबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले म्याराथनको आयोजना गरेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बता’उनुभयो । मगरको गाउँ मानुङ र गुरुङको गाउँ पुलिमराङलाई खेलको माध्यमबाट जोड्न नगरपालिकाले तीन वर्ष अगाडिदेखि म्या’राथन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “मानुङ आज विश्वमाझ परि’चित हुन सफल भएको छ, यसको देन म्याराथन पनि हो ।”

चौवालीस किमी दूरीको अल्ट्रा म्याराथनमा १८० धावक सह’भागी छन् । म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौँ, धादिङ, म्याग्दीलगायतका जिल्ला’बाट धावक सहभागी रहेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जा’नकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुर’स्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्धितीय र तृतीय पुर’स्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्धितीय र तृतीय हुनेले क्रम’शः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।

धावकले नियम पा’लना गरे नगरेको चेकजाँच गर्नका लागि आठ ठाउँमा चेकबिन्दु स्था’पना गरिएको छ । व्यास नगरपालिका–४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका–१० पिजनहिल खहरे, व्यास नगरपालिका–७ पाथ्रा मन्दिर, व्यास नगरपालिका–७ पातल सत्रसय, व्यास नगरपालिका–८ रिस्ती सो’तीवेशी, व्यास नगरपालिका–८ सुनपोखरी, व्यास नगरपालिका–८ गाडापानी र व्यास नगरपालिका–८ पुलिमराङमा चेकबिन्दु स्था’पना गरिएको छ ।

म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चा’पाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोती’वेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जि’त्नुभएको थियो । उहाँले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालीकोटका देवराज महतरा द्धितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनु’भएको थियो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्