आयुर्वेदमा अमलाको निकै मह’त्व छ । नियमित रुपमा अमलाको सेवन गर्दा निकै ग’म्भीर रोगबाट पनि बच्न सकिन्छ । अमला भिटामिन सी र एन्टिअक्सिडेन्ट गुण भरि’पूर्ण हुन्छ । यतिमात्रै होइन, अमलामा क्याल्सियम, पोटासियम, क्यारोटिन, आइरन, फाइबर, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए र बीजस्ता थुप्रै पो’षक तत्व पाइन्छ ।
अमलाको कुनै पनि रुप’मा सेवन गर्दा यसले शरीरलाई फाइदा पुर्याउँछ । आ’युर्वेदमा अमला, भित्रको दाना, पात र बोक्रा, जराको प्रयोग गरिन्छ । अमला भित्रको दानाको सेवन गर्नु स्वास्थ्य’का लागि निकै फाइदाजनक हुन्छ । आउनुहोस्, अमला भित्रको दानाका के–कस्ता फाइदा छन्, त्यसबारे जान’कारी लिऔंः
आँखाका लागि फा’इदाजनकः
आँखाको समस्यालाई टाढा राख्न अमला भित्रको दाना निकै फाइदाजनक हुन्छ । यसको सेवनले तपाईंको आँखा चिलाउने, पोल्ने, रातो हुने समस्यालाई टाढा राख्छ । अमलाभित्रको दानालाई पिसेर नियमित रुपमा पानीमा मिसाएर खाँदा तपाईंको आँखा स्वस्थ हुनेछ । यसका साथै अमलाको रस आँखामा हाल्दा आँखाको ज्योति राम्रो हुन्छ ।
पित्तको पत्थरीबाट छुटकारा पाइन्छः
थुप्रै अनुसन्धानमा यो पनि खुलासा भएको छ कि अमला भित्रको दानाको सेवनले मृगौला, पित्त र पिसाब थैलीको पत्थरीबाट छुटकारा पाउन सकिन्छ । यसको दानाबाट तयार चूर्ण स्वा’स्थ्यका लागि निकै राम्रो हुन्छ । पिसाब थैलीको पत्थरीमा हुने सम’स्याबाट पार पाउनका लागि यो निकै नै अस’रदार साबित हुनसक्छ ।
छालाका लागि फाइ’दाजनकः
छालाका लागि पनि अमला भि’त्रको दानाले तयार पारिएको चूर्ण निकै फाइदा’जनक हुन्छ । यसको प्रयोगले छालामा हुने दाद वा एलर्जीको समस्याबाट छुट’कारा पाउन सकिन्छ । अमलाको दानाबाट तयार गरिएको चूर्णलाई नरिवलको तेलमा मि’साएर लगाउँदा छालामा निखार आउँछ । यसको प्रयोगले छालामा हुने संक्रम’णबाट पनि राहत दिन्छ । यो पेस्टलाई केही दि’नसम्म छालामा लगाउँदा छालाको सबै समस्या टाढा हुनेछ ।
पित्त दो’षको समस्या हराउँछः
आयुर्वेदका अनुसार अमलाको दानाको प्रयो’गमार्फत् ज्वरो र पित्तको समस्या’लाई टाढा राख्न सकिन्छ । यसको सेवनले प्यास शान्त हुन्छ । यसले रुघा–खोकीको समस्या’लाई पनि टाढा राख्छ । प्रतिरोधी क्षमता वृद्धि गर्न र फोक्सोलाई बलियो बनाउन अमला भित्रको दाना निकै फाइ’दाजनक हुन्छ । – रातोपाटी बाट