म्यादी प्रहरीले निर्वाचनमा केही समयका लागि भएपनि रोजगारी पाउछन् : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वा’चनले आर्थिक क्रियाकलाप बढ्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सो’मबार काठमाडौंमा आयोजना गरेको का’र्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचनमा आर्थिक क्रियाकलाप बढ्ने हुँदा अर्थतन्त्रमा सका’रात्मक मद्दत पुग्ने बताउनुभयो ।

निर्वाचन प्रयो’जनका लागि खटा’इने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चला’यमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ । उहाँले निर्वाचनमा हुने खर्चलाई फ’जुल खर्चको रुपमा चित्रण नगर्न आ’ग्रह पनि गर्नुभएको छ । अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फ’जुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयाे, ‘निर्वाचनमा हुने खर्चलाई कतिपयले फ’जुल खर्चको रुपमा चित्रण गरिरहनु भएको छ । तर म त्यस्तो ठान्दिनँ किनभने पहि’चाको रुपमा खर्च हुँदा पनि स्वाभाविक रुपमा आर्थिक क्रियाकलापमा पनि सहयोग पुर्याउछ ।’निर्वाचन लोकतन्त्रको प्राण भएको बताउँदै अर्थमन्त्री पौडेलले संविधानले पाँच वर्ष वा त्योभन्दा अ’गाडि पनि निर्वाचन गर्न पाउने व्यवस्था गरेको धारणा राख्नुभयो ।

त्यस्तै उहाँले लोकतन्त्रको प्रक्रि’या भएकाले निर्वाचनलाई फजु’ल खर्च भन्न नमिल्ने र पाँच वर्षभन्दा अगाडि नै भए पनि अ’त्यास मान्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय मानिसले अहिले निर्वाचको लागि कहाँबाट खर्च जुट्छ ? खर्चै गर्ने सक्ने अवस्था छैन भनेर भ’निरहेका छन् । निर्वाचन लोकतन्त्रको प्राण हो । त्यो कहिले हुन्छ भन्ने परि’स्थितिमा भर पर्ने कुरा हो ।

हामी ठिक पाँच वर्षमा पनि गर्ने सक्छौँ, परिस्थितिले माग्यो भने त्योभन्दा अगाडि पनि मध्य’वर्ती चुनावमा जान सक्छौँ ।’निर्वाचनकै लागि भनेर म्यादी प्रहरी भर्ना गर्ने र केही समयका लागि भएपनि उनीहरूले रोजगारी पाउने उहाँले बता’उनुभयाे । उहाँले भन्नुभयाे, ‘निर्वाचनको लागि केही म्यादी प्रहरी खटाउछौँ, उनीहरुले केही सयमको लागि भए पनि रोजगार पाउछन् । बजार अलि च’लायमान हुन्छ ।

आर्थिक क्रियाकलापमा त्यसले केही सह’योग नै गर्छ ।’निर्वाचनले राजनीतिक स्था’यित्व र स्थिरतालाई खण्डित गर्‍यो भन्ने बुझाई गल’त भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति सम’र्पित अनुशासित प्रतिनिधि सभाको नि’र्माण गर्नका लागि मध्यावधि चुनाव आ’व्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ । – न्युज24 बाट

प्रतिकृया दिनुहोस्