निक्कै ठूला र नाम चलेका अस्प’तालले निको पार्न नसकेर ‘डिस्चार्ज’ दिएका बिरामीहरूको सफ’ल उपचार गरे पनि मोरङको उर्लाबारी—८ का ८३ वर्षीय वीरबहादुर धिमालको च’र्चा हुने गरेको छैन ।
जुम्ल्याहा धिमाल दाजुभाइका रुपमा परिचि’त धिमालको दाजु बखतवीरको ६ वर्षअघि निध’न भइसकेको छ । दाजुभाइ मिलेर धेरैको ज’ण्डिसको उपचार गरे। दाजुको नि’धनपछि आफू एक्लैले उपचारको काम गरिरहेको वीरबहादुर बताउँछन् ।
धिमालले ०१७ सालदेखि सोही ठाउँमा बसेर आ’युर्वेदिक पद्धतिबाट जन्डिस, वाथ, रक्त’श्राप र एलर्जीको उपचार गराइरहेका छन्। उनले आफ्नै बाबु तिल्कुरामबाट यो उपचार पद्ध’ति सिकेका हुन् । वीरबहादुरका अनुसार आ’युर्वेदिक उपचार पाँच पुस्ताअघिदेखि नै धिमाल परिवारले गर्दै आएको हो । उनले आफ्नो उमेर ढल्कदै गएकोले उपचार गर्ने तरिका र जडिवुटीको नाम आफ्ना छोरा’हरूलाई सिकाइसकेका छन् ।
सम्झनायोग्य घ’टना सुनाउनु न भन्ने जिज्ञासामा वीरबहादुरले भने, ‘उसबेला नाम ठेगाना राख्ने चलन नै थिएन । ०२५ सालमा भारतको सिलगढीबाट एक जना अद्र्धचे’तकी महिलालाई उपचारका लागि उनका आफन्तले ल्याएका थिए। भारतका ठूला अस्पतालमा उपचार अ’सम्भव भएपछि जुम्ल्याहा धिमालले नेपालमा उपचार गर्छन् भन्ने सुनेर उनीहरू उर्लाबा’री पुगेका रहेछन् ।
१५ दिन आवासीय उपचा’र गरेपछि ती महिला हिँड्दै घर गएको घटना उनलाई आज’सम्म पनि सपना जस्तो लागिरहन्छ । धिमालले धेरैको जीवनमा खुशी ल्याइदिएका छन् । वीरबहादुरले भने, ‘जन्डिसले मर्न लागेका बिरा’मीहरू ठम्ठम् हिँड्दै गएका धेरै घटना छन् तर साधारण लेखपढका जुम्ल्याहा दाजु’भाइले प्रविधि र शिक्षाको अ’भावमा सबैको नाम र रेकर्ड राख्न सकेनन् । – ओएस नेपालबाट