इन्डियन आइ’डल सिजन १२ का प्रतिस्पर्धी पवनदीप राजनको चर्चा दिनदिनै चु’लिँदै गएको छ। अडिसनदेखि चर्चित ब’नेका उनी नै यस सिजनको वि’जेता हुने सबैको अनुमान छ। कारण उनी भ’र्सटाइल छन्। क्लासिकल, पप, रक, चलचित्रका गीत सबै विधामा उनी पोख्त छन्। उसो त उनी भार’तमै सन् २०१५ मा सम्पन्न भएको भोइस अफ इन्डियाका विजेता पनि हुन्। त्यसबेला उनी विजेता बने’पनि उनलाई धेरैले चिन्दैन थिए।
तर इन्डियन आ’इडलमा आएसँगै उनी भारतसँगै विश्वभर च’र्चित बनेका छन्। हरेक दिन शनि’बार र आइतबार सोनी टिभीमा इन्डियन आइडल आउँछ। हालै पवनदीपले भारतको गण’तन्त्र दिवश केन्द्रित इपिसोडमा दुईवटा देश’भक्ति गीत गाएका थिए। त्यहाँ उनले ‘तेरे मिट्टी र बन्दे मा तरम’ बोल’को गीत गाएका थिए।
उनले गीत गाइरहँदा इन्डि’यन आइडलका निर्णायक, प्रतिस्पर्धी, उपस्थित प्रहरी तथा द’र्शकहरु सबैको आँखामा आँशु देखिन्थ्यो। २४ वर्षका पवनदीप चम्पावत, उत्तराख’ण्डका हुन्। सानो गाउँका उनले यतिबेला इन्डियन आइडलमा गीत गाएर भारतभर तहल्का मच्चा’इरहेका छन्। हालसम्म उनले इ’न्डियन आइडलमा केसे हुवा, सड्डा हक, फिर्से उडचला, नादान, सायद कभी, मेरे यारो लगायत अन्य धेरै गीत गाइसकेका छन्।
सबै गीतमा पवनको अरु’को भन्दा बढी प्रशंसा हुने गरेको छ। उनका हरेक गीतपछि निर्णायकहरु नेहा कक्कड, विशाल ददलानी, हिमेस रस्मियाले भारतमा नयाँ सं’गीतका सम्राट जन्मिएको बताउँछन्। पवन राम्रो मात्र गाउँदैनन्, उनीसँग अन्य धेरै खुबी छन्। उनी गिटार, ढोलक, तबेला, हार्मो’नियम, पियानो, ड्रम लगायत धेरै किसिमका बाध्यबाधन बजाउँछन्। उनी गीतमा संगीत भर्ने क’लामा पनि पोख्त छन्। – इताजा खबरबाट
भिडियो हेर्नुहोस :