भाद्र शुक्ल पञ्च’मीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तऋषिको पूजाआराधना गरेर मनाईँदै छ । हरितालिका तीजको अन्तिम दिनको रुपमा समेत चिनिने पञ्च’मीका दिन महिलाहरुले नदी, ताल, पोखरी लगायतका जलाशयमा गएर व्रत समापन गर्ने गर्दछन् ।
महिलाले आज बिहानै उठेर नजि’कको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँ’त माझ्ने, गाईको गोबर, माटो र खरानी लगा’ई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।
यस वर्ष भने कोरो’नाभाइरसको महामारीका कारण घर घरमै स्नान गर्न प्रहरीले आह्वान गरेको छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारे’जभन्दा माथिको भागमा ऋषिपञ्च’मीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए । नदी किनारको दायाँ–बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले ऋषिपञ्चमीमा स्नान गर्ने गरेका थिए ।
नारीलाई रजस्व’लाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल प’ञ्चाङ्ग निर्णायक समिति’का अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
यसरी स्नान गरेपछि अरुन्ध’तीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।
रजस्वलासित कसरी जाेडियाे ?
महिलाको रजस्व’लासित जोडिएको ऋषि पञ्च’मीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्म’को दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिनुभयो ।
यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्ष’बाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको पण्डित मधुसुदन सुवेदीले जानकारी दिनुभयो ।
रजस्व’ला भएका बेला’मा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइएमा आजको दिनमा अरुन्ध’तीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आए’काले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा गौतम बताउनुहुन्छ ।
रज भनेको फोहोर हो, जुन महिलामा मा’सिक धर्मका समयमा निस्कने गर्दछ र यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने कुरा अनुसन्धानले पनि पुष्टि गरेकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अनुसन्धान गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
आज स्नान गरी पूजाआजा गरे’पछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमा’डौँको टेकु, मूलपा’नीलगायत मुलुक’भरका ऋषेश्वर मन्दिरमा पूजाआ’जाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ ।