लोकप्रिय गा’यिका शान्तिश्री परियारले पुत्री लाभ भएको छ । पारिवारिक स्रोतले दिएको जान’कारी अनुसार उनले हिजो बिहान छोरीको जन्म दिएकी हुन् । छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ ।परियारले केही समय पहिला नारा’यण भुजेल सँग बिहे प्रेम बिहे गरेकी थिइन् ।
शान्ति श्रि परियारको सांगे’तिक यात्रा:
रोल्पा जिल्ला बाट गीत गा’उनकै लागी भनेर २०६४ सालमा राजधानी छिरेकी शान्तीले आजको स्थान सम्म आइ’पुग्नको लागी धेरै कठिन मोड’हरु पार गर्नु परेको छ । यसो त यो क्षेत्रमा सफ’लता प्राप्त गर्नकोे लागी त्यति सहज पनि छैन । आज सम्म करिव २५० भन्दा बढि गीतहरुमा आ’वाज दिइसक्नु भएकी शान्तीले पहिलो गीत अरु भन्दा फरक म किन भन्ने गीतमा आवाज दिँदा खु’सीले आँसुनै आएको थिए । त्यस पछि आ’जको दिन सम्म शान्तीलाई पछि फर्केर हेर्न परेको छैन ।
यो क्षेत्रमै पहिलो पटक आफ्नो आ’वाज दिई आधुनिक गीत गाए बावत पाएको पहिलो पारीश्रमीकले आफुलाई खुसिको आँसु आएको र गाएरै जिवन धान्न सकिने हौस’ला समेत प्राप्त भएको बताउनु हुन्छ । आफु यो क्षेत्रमा प्रवेश गरे सँगै अग्रजकला’कारहरुले गर्नुभएको मायाले गर्दा आफुलाइ स्रोता र दर्शकले गायीका शान्ती श्री परियारको रुपमा नाम दिएको बताउनु हुन्छ । आज भोली देश विदेशमा हुने कार्यक्रममा व्यस्त भइरहने गायीका परिया’रलाई हामीले उहाँका जिवन भोगाई सँगै गीत संगीतको यात्राका विषयलाई लिएर कुरा’कानी गरेका छौं प्रस्तुत छ उहाँ सँग गरिएको कुराकानीको संम्पादित अंश :
शान्ती जी हजुरको नाम’को पछाडी श्री किन नी ? कुनै राज छ यसको ? लोकदोहोरी गाउने कलाकारहरुमा धेरै शान्ती हुनुहुन्छ, स्रोता तथा दर्शक’लाई यो शान्ती भनेको मनै हो भनेर चिन्न सजिलो होस भनेर आफुलेनै चयन गरेको हो श्री । आफ्नो परिचय अरु भन्दा भिन्न बनाउको लागी मैले नामको प’छाडी श्री राखेकी हुँ । यो मेरो बाबुआमाले दिएको श्री चाँही होइन । आज भोली दिनहरु कसरी वि’ताइरहनु भएको छ, गीत संगीतको माहोल त त्यति राम्रो छैन भन्छन सबैले ? त्यति राम्रो नभए पनि स्रोता र दर्शक तथा आ’योजकको मायाले म गीत संगीतमा व्यस्तनै छु ।
देश विदेशमा हुने कार्यक्रममा आयो’जकहरुले माया गरेर बोलाइदिनुहुन्छ, स्रोता दर्शकले डि’मान्ड गरिदिनुहुन्छ त्यसैमा व्यस्त छु । मेरो नयाँ गीतहरु पनि आइरहेका छन तिनीहरुको प्रचार प्रसार पनि गरिरहेकी छु । रेडियो टेलिभिजनहरुमा सञ्चारकर्मी साथी’हरुले अन्तरर्वाताको लागी बोलाउनु हुन्छ । यसैमा व्यस्त छु । तपाई जुन पारीवारीका बातावरणबाट यस क्षेत्रमा आउनु भो महिला भएको नाताले र समाजको हेराईको कार’णले कत्तीको कठिनाइ भोग्नु भो ? जुन सुकै क्षेत्रमा सफलता प्राप्त गर्नको लागी धेरै कठिन छ ।
त्यस माथी म महिला काठमा’ण्डौ जस्तो ठाउमा आएर सघर्ष गरि अगाडी बड्नको लागी चुनौतिपुर्णनै छ । म आफुलाई भाग्यमानी कला’कारको रुपमा पनि लिन्छु सुरुका दिनहरुबाटै मेरो आवाज र मेहनतलाई मन पराई शिव हमाल, मिलन लामा लगाएत धेरै अग्रजहरुले मलाई ठुलो सहयोग र हौस’ला प्रधान गर्नु भयो त्यसैको फल स्वरुप आज म यो स्थानमा छु शान्ती परियार आज शान्ती श्री परियारको रुपमा परिचय बनाउन सफल भएकी छु । गीत गाउने र कार्यक्रममा डिमान्ड हुन ,गायीकाहरुको जवा’नी हुनै पर्ने हो ? उमेर डल्के सँगै सबै मेटीन्छ भन्छ बुझेकाहरु के गीत संगीत जवा’नीलेनै चलेको हो र ?
विल्कुलै होइन । प्रतिभा नभ’इकिन जवानी देखाएर मात्र दर्शक खुसि हुन्छन भन्ने मान्यता राख्दिन म त । नयाँ पुस्ताले केहि परिर्वतन चाहेको होलान विग’तको तुलनामा तर यसको मतलव यो होइनकी लोकदोहोरीमा उत्ताउलो पन नै चल्छ । अनुशासन,नियम र मर्यादा जुनसुकै क्षेत्रमा हुन्छ हाम्रो यो क्षेत्रमा पनि छ । तर कलाका’रहरुलाई अनुशासीत बनाउनको लागी हामी कलाकार र दर्शक स्रोताहरुले पनि आफ्नो ठाउमा अ’नुशासीत बन्नु जरुरी छ । -इताजा खबरबाट