पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र’भित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आ’क्रमण गरि जङ्गल तर्फ लगेको आ’शंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ ।
अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशं’कामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्र’वक्ता रमेश यादबले जानकारी दिए ।
सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवा’जमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घटना’स्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आ’शंका गरिएको हो ।
‘जंगलभित्रबाट ठुलो आवाज आएपछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अ’वस्था छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने । निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहि’चान हुन सकेको छैन । केही समयअघि सोही सडक खण्डमा कारको ठक्क’रबाट एक बाघको मृ’त्यु भएको थियो । – न्यूज24 बाट