खाना नपाएपछि सडकमा धुरु धुरू रुँदै प्रचण्डका कार्यकर्ता (भिडियो हेर्नुहोस्)

नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा शुक्र’बार बृहत शक्ति प्रदर्शन गर्यो । तराई मधेशदेखि हिमालसम्मका सर्व’साधारण प्रदर्शनमा सहभागी बने । तर कतिपय अनुहार विरोध प्रदर्शनको वास्त’विकता र एजेण्डाप्रति अनविज्ञ देखिए । शुक्रवारको विरोधसभामा नेकपा दाहाल–नेपाल पक्षका नेताहरू जनताको जीवनस्तर प’रिवर्तनका लागि आन्दोलनमा होमिएको र त्यो तागत आफूसँग मात्रै रहेको राग अला’पिरहेका थिए ।

नेताहरुले चर्काे स्वरमा भाषण वर्षा’इरहँदा मञ्चकै एक कुनामा चार दिनदेखि खाना न’पाएका एक गरिब भोक थाम्न नसकेर आँसु बर्षाइरहेका थिए । यी व्यक्ति हुन् तनहुँबाट आएका अर्जुन पौडेल । उनलाई प्रद’र्शनसँग कुनै सरोकार छैन । एजेण्डा के हो त्यो पनि थाहा छैन । उनलाई यति थाहा छ, प्रदर्शनमा सहभा’गी भएपछि खाना पाइन्छ ।

कसैले पैसा पनि दिन्छन भनेपछि उनी प्रदर्शनमा सह’भागी भएका हुन् । दाहाल–नेपाल पक्षले तयार पारेको रातो टोपी र पार्टीको झण्डा अंकित ब्यानर कसैले हातमा थमा’इदिएपछि उनी अहिले दाहाल–नेपाल पक्षको का’र्यकर्ता बनेको पत्तै पाएनन् । जसले जे भनोस् पर्वाह छैन, तर खाली पेट भर्नु उनको आवश्य’कता बनेको छ । उनीजस्ता यस्ता धेरै व्यक्ति प्रदर्शनमा सह’भागी भएका छन् जसलाई नेताका भाषणले कुनै अर्थ राख्दैन ।

नेताले गर्नु र नगर्नुले पनि फरक पर्दैन । उनीहरूलाई आन्दो’लन किन भइरहेको छ भन्नेसमेत पत्तो छैन । प्रतिनिधिसभा विघटनपछि निरन्तर विरोध प्रद’र्शन गरिरहेका नेताहरु तराई–मधेशका जनतालाई आफूतिर आकर्षित गर्न तल्लीन छन् । प्रधानमन्त्री केपी शर्मा ओ’लीदेखि पुष्पकमल दाहाल’सम्मका प्रदर्शनमा मधेशबाट धोती गम्छा लाएर सहभागी हुनेको ठूलै संख्या देखियो । गाउँका नेता, मेयरहरुले काठमाडौं जानैपर्ने ह्वीप चलाएपछि रिजर्व बस’मार्फत रातारात काठमाडौंमा आएका उनीहरुलाई पनि प्रद’र्शन केका लागि भन्ने स्पष्ट थाहा छैन ।

पद र सत्ताको संघ’र्ष चर्किएपछि प्रतिधिसभा विघटन हुन पुग्यो । चिल्ला कार्पेट र सोफा केन्द्रित नेताहरु सड’कको चिसो भुइँमा आइपुगे । तर सामान्य नागरिकलाई त्यसको वास्त’विकता थाहा छैन । आफ्नै काँधलाई कसैले सत्तामा पुग्ने भ¥याङ बनाउदै छ भन्ने आँकलनसम्म गर्न नपाएका उनीहरु खाली पेट र खाली खुट्टा आन्दो’लनमा होमिएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्