कोरोनाविरुद्धको खोपले भित्र्याएको खुशी, सर्वत्र सुरक्षित महसुस गरिदै (भिडियो हेर्नुहोस्)

तथ्यांकले नेपालमा कोरोना भाइरसको सं’क्रमण सुस्ताउँदै गएको देखाउँदै गर्दा नेपालमा कोरोना’विरुद्धको १० लाख डोज खोप भित्रिएको छ ।सरकारी पूर्वानु’मानलाई गलत सावित गर्दै चाँडै खोप भित्रिएपछि नेपालमा कोरोनाको जोखिम’बाट थप सुरक्षित मह’सुस गर्न थालिएको छ । कोरोना भाइ’रस विरुद्धको खोप पहिलो चर’णमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि दिइने त’यारी गरिएको छ ।

भारतले उ’पलब्ध गराएको कोरोना खोप त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकु’स्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा लगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिही’बार मध्यान्ह १२ बजे एयर इन्डियाको अव’तरण गराइएको १० लाख डोज कोरोना विरुद्धको खोप रिफ्रिजे’रेटरमा राखेर टेकु लगिएको थियो ।

खोपलाई निश्चित तापक्रममा भण्डा’रण गर्नुपर्ने कारण कोल्डचेनमा राखिने छ । अक्सफोर्ड र एस्ट्राजे’नेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पा’दन गरेको ‘कोभिसिल्ड’ खोप २ देखि ८ डिग्री ताप’क्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

भारत सरकारले अनुदानमा उपल’ब्ध गराएको कोभिसिल्ड खोप स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले एयर’पोर्टमा बुझेका हुन् । त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विन’यमोहन क्वात्राले उक्त खोप हस्ता’न्तरण गरेका थिए ।

भारतले आफ्नो देशमा खोप अभियान सुरु गरेको छैटौं दिन नेपाललाई पनि खोप उप’लब्ध गराउदै नेपाल भारत सम्बन्ध प्रगाढ रहेको बताएको छ । भारतले नेपाललाई उप’लब्ध गराएको खोप बेलायतको अक्सफोर्ड बिश्वबिद्यालयका बैज्ञानिकहरुले बिकास गरेका हुन् भने एक्स्ट्रा’जेंकाको सहकार्यमा भारतको पुनेस्थित सेरम इन्स्टिच्युटले उत्पा’दन गरेको हो ।

यो खोप पहिलो डोज लगाएको १२ हप्तामा दोस्रो डोज ल’गाउनु पर्नेहुन्छ । नेपाल सरकारले भारत सरकार मार्फ’त खोप खरिद गर्ने प्रस्ताव गरे पनि भारत सरकारले खोप अनु’दान मै दिएको छ ।

नेपाल आएको खोप बेलायत भारत अमेरिका ल’गायतका देशमा आपतकालीन प्रयो’गका लागि स्वीकृत प्राप्त खोप हो । गत हप्ता नेपालको औषधि ब्य’बस्था बिभागले पनि यो खोपलाई आपतकालीन प्रयोगको अनु’मति दिएको थियो ।

खोप बिज्ञहरुले यो खोप विश्व स्वास्थ्य संगठनको आइएसओ प्राप्त बेलायतको नियमन निका’यबाट खोप प्रयोग अनुमति पाइसकेको कारण अन्य खोप भन्दा बढी विश्वासि’लो भएको बताएका छन् ।

बेलायतले कोरोना खोपलाई अ’नुमति दिनुको अर्थ यो खोप सुरक्षित र कोरोनाविरुद्ध प्रभाव’कारी छ भन्ने प्रमाण भएको बिज्ञ बताउछन् । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले गत अप्रिल महिनामा पहि’लोपटक यो खोपको मानव प’रीक्षण गरेका थिए ।

खोपले अनु’मति पाएपछि विश्वको सबै भन्दा ठूलो खोप उत्पा’दक कम्पनी सेरमले खोप उत्पा’दन गरेको हो । भारतमा ६ दिन अघिदेखि दिन थालिए’को यो खोप ९५ प्रतिशत प्रभाव’कारी देखिएको भारत सरकारको दावी छ । – न्युज24 बाट

प्रतिकृया दिनुहोस्