अरु कालो रेलको धुवाँले, हामी कालो छाता हजुर ओढ्दै नओढ्नाले भन्ने गीत पक्कै सु’न्नु भएको होला । यो गीतका गायक थाहा छरु नायक भूवन केसीका काका ध्रुव केसीले यो गीत गा’एका थिए ।
तिनै गायक ध्रुव केसीले यो सन्सा’रबाट बि’दा लिएका छन् । नायक भूवन केसीका काकाको नि’धनले केसी परिवारमा शोक परेको छ । उनको बिहिबार भैंसेपाटीस्थित अर्किड केयर सेन्टर नि’धन भएको परिवारले जनाएको छ ।
ध्रुव केसी आधुनिक गायकका रुपमा नेपाली संगीत आकाशमा चिनिन्छन् । उनले ३० को दशकमा नेपाली संगीतमा उत्कृ’ष्ट गीतहरू दिएका थिए । केही गीतहरुले उनलाई चर्चाको शीखमा पुर्याएका थिए ।
ध्रुव केसीले धेरै गीतमा स्व’र दिएका छन् । उनले गाएका ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया का’गजको’ जस्ता गीत अझै चर्चामा छन् ।
वि.सं. २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको को’खबाट जेठो छोराको रुपमा उनले जन्म लिएका थिए । उनको परिवा’रमा तीन छोरी रहेका छन् । – इताजा खबरबाट