गायिका डा. रानी शा’क्यले चर्चित गायक प्रमोद खरेलसँगको सहकार्यमा युगल गीत ‘चल्यो मायाको बतास’सार्व’जनिक गरेकी छन् । डान्सिङ शैलीको यस गीतको म्युजिक भिडियोमा नेपाली रज’तपटका सदाबहार नायक दिलिप रायमाझी र नायिका आशिष्मा नकर्मीको नृत्य र अ’भिनय रहेको छ ।
ठूलो पर्दामा न देखि’एको यो जोडीको म्युजिक भिडियोमा केमिस्ट्री निकै सु’हाएको देखिन्छ । गायिका डा. रानी शाक्यको अफिसि’यल युट्युब च्यानलबाट सार्वज’निक उक्त गीतमा हरी उप्रेतीको शब्द र विकाश चौधरीको सं’गीत रहेको छ ।
भिडियोमा राजन शाहीको कोरि’योग्राफी, आभेस बज्राचार्यको क्यामेरा तथा माधव बेलबासेको सम्पाद’न रहेको छ । भिडियोलाई पछिल्लो समयका चर्चित युवा निर्दे’शक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
हाल अमेरि’काको मेरिल्याण्डमा रहेकी गायिका शाक्यले केही दिन अगाडि मात्रै १० वटा गीतहरु समाबेश आफ्नो सांगी’तिक एल्वम ‘ऐना’ लोकार्पण गरेकी थिइन् ।
त्यस’बाहेक उनको अहिलेसम्म ५० वटा भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । गायिका शाक्यले आधुनि’क, डान्सिङ गीत, लभ भर्सनका गीतहरुका साथै चलचित्रको पार्श्र्व गायन’मा समेत आफूलाई अब्बल सावित गरिस’केकी छन् ।
सां’गीतिक एल्वम ‘ऐना’को ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गा’यिका शाक्यले यही पुस १८ मा भएको स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायि’काको अवा’र्ड पाएकी थिइन् । – न्यूज24नेपाल