विहीबार देवता’हरुका गुरु बृहस्पतिको दिन हो। बिहिबारको दिन भगवान विष्णु र गुरु बृहस्पतिको आरा’धाना गरिन्छ। यस दिन सर सफाईलाई विशेष ध्यानमा राख्नुपर्ने मान्यता छ। यस दिन मूल्यवान धातु खरिद गर्न, व्यव’सायमा लगानी गर्न, बाललवालिकाको शिक्षा आरम्भ गर्न अत्यधिक शुभ मानिन्छ।
त्यसैगरी यस दिन विवाह’सँग सम्बन्धित काम सुरू गर्न उत्तम मानिन्छ। साथै बिहिवारको दिनलाई देवी लक्ष्मीको शुभदिन पनि मानिन्छ । यसदिन लाई देव’राज इन्द्रले शाशन गर्ने गर्दछन्। ज्योतिषशास्त्रका अनुसार यस दिन मांसाहारी खाना, मदिराको सेवन गर्न नहुने र दक्षिण दि’शातर्फ यात्रा गर्न अशुभ मानिन्छ।
त्यसैगरी, विही’बारको दिनलाई शुभ बनाउन पहेंलो वा फिक्का सेतो लुगा लगाउनु उत्तम हुने धार्मिक मान्यता छ । यदि पहेलो वा फिक्का सेतो रंगको कपडा नभएको खण्डमा आफ्नो घर वा कार्या’लयमा पहेंलो वा फिक्का सेतो फूल राख्दा पनि शुभ मानिने गर्छ।
यसबाहेक बिहीबा’रको दिन राम्रो भाग्यलाई आ’कर्शित गर्न घरबाट कुनै कामको लागि निस्किनु अघि खानामा पहेलो राय प्रयोग गर्नु अत्याधिक शुभ मानिन्छ। साथै यसदिन रहरको दाल, मेवा र खानासँग घ्यूको प्रयोग गर्दा भाग्यमा राम्रो परि’णाम ल्याउने धार्मिक विश्वास छ । – खबर हबबाट