ढल्यो एउटा बलियो खम्बा : आर्यघाटमा कलाकारहरुको चल्यो रुवाबासी (भिडियो सहित)

लोकगायक रत्न बानियाँको नि’धन भएको छ । लामो समयदेखि लोकदोहोरी क्षेत्रमा बानियाँको ५८ वर्षको उमेरमा बुधबार बिहान नि’धन भएको हो । मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका बानियाको ओम अस्पतालमा नि’धन भएको हो । सुगर तथा प्रेसरको बिरामी समेत रहेका उनलाई स्वास्थ्यमा अस’हज भएपछि मंगलबार अस्पताल लगिएको थियो ।

स्याङ्जा जिल्लाको फेदीखोलामा जन्मिएका गायक बानियाँ लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थिए । बानियाँका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनका ‘जिन्दगी के छ र’, ‘मनको वेदना’, ‘पोखरा फेवाताल’ लगायतका अन्य थुप्रै लोकगीत ‘चर्चित छन् । रोइला, सालैजो तथा भजन संग्रह समेत ल्याएका बानियाँ झरना संगीत रेकर्डिङ स्टुडियोका संचा’लक समेत हुन् ।

लोकदोहोरी गायिका राधिका हमालले धेरै नयाँ कलाकारहरु बानियाँको सहयोगमा स्था’पित भएको बताइन् । आफू स्वयंमलाई पनि पहिलो गीतमा बानियाँले नै लगानी गरिदिएको उनको भनाई छ ।बिरामी भएपछि बानियाँले माछापोखरीमा रहेको घर समेत बे’चेका थिए । मिर्गौला फेल भएपछि लोकदोहोरी क्षेत्रका कलाकारहरुले पनि उनको उपचारमा सहयोग गरेका थिए ।

उनको नि’धनले नेपाली लोकदोहोरी क्षेत्रलाई अपूरणीय क्षती पुगेका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश विजीले बताए । गायक बानियाँको नि’धनमा लोकदोहोरी क्षेत्रका धेरै कलाकारहरुले दुःख ब्यक्त गरेका छन् । लोक गायन क्षेत्रमा वर्षौदेखि सक्रिय उनको नि’धनमा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धा’न्जली दिइरहेका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्