बेलायतमा समुद्रको छालमा फसेका एक नेपा’लीको समुद्र किनार घुम्न गएका पर्यटकहरुले निकै कठिन परिश्रम गरेर उद्धार गरेका छन् । उनको उद्धारको कथा कुनै फिल्मको भन्दा कम छैन ।
इङल्याण्डको जुरासिक कोस्टमा रहेको डर्डल डो’रमा एक नेपाली समुद्रको छालमा फसेका थिए । उनलाई त्यहाँ समुद्र किनारमा रमाइलो गर्न गएका पर्यटकहरुले मानव साङलो बनाएर उ’द्धार गरेका थिए ।
बेलायती सञ्चार माध्यमले एक व्यक्तिलाई उधृत गर्दै छालमा फसेका व्यक्ति नेपाली भएको भनेको छ तर उनको पहिचान खुला’इएको छैन ।
डर्डल डोरमा समुद्र किनारको डोरसेट ल्याण्ड’मार्क नजिकै ती युवा पौडी खेलिरहेका थिए । अचानक त्यहाँ समुद्रको छाल आयो र उनले संघर्ष गर्न थाले । उनी पौडिएर बाहिर आउन प्र’यास गरे तर छालले उनलाई झनै समुद्रतिर धकेलीरहेको थियो ।
२० माइल प्रतिघण्टाको गतिमा आएको तुफानले उन’लाई बाहिर आउन दिइरहेको थिएन । छालहरुले उनलाई टाउकोमाथिबाट नाघिरहेका थिए । अन्ततः छालसंग संघर्ष गर्न नसकेपछि उनले सहयोगको लागि चिच्याउन थोका थिए ।
उनले सहयोग मागे’पछि समुद्र किनारमा घुम्न गएका करिब ३० जना पर्यटक समुद्रतिर दौडिए र एक अर्काको हात समा’एर मानवसाङलो बनाए । उनीहरु एक अर्काको हात समाएर ती युवाको नजिकै पुगेपछि बडीबोर्ड र लाइफगार्ड डोरी फ्याँकेर उनको उद्धा’र गर्ने प्रयास गरे ।
उद्धारकै क्रममा अर्का एक युवाले उनको झनै नजिक जाने प्रयास गरे तर उनी आफैं समुद्रको छालमा फसे । उ’द्धार गर्न गएका युवासमेत छालमा फसेपछि करिब २ मिनेटको संघर्षपछि अन्ततः मानवसाङलोले दुवैलाई सुरक्षित बाहिर तान्न सफल भयो ।
प्रत्यक्षदर्शी एमिली फूटेका अनुसार उनी बिहान ९ बजे समुद्र किनार पुग्दा ती युवा समुद्रमा पौडी खेलि’रहेका थिए । उनी त्यहाँ पानीमा खेलिरहेका थिए । मध्य दिउँसोतिर हावाको बहाव ती’ब्र भयो र समुद्रमा छाल उठ्न थालेपछि उनी त्यहाँ फसेर छालसँग संघर्ष गर्न थाले ।
उनी बाहिर निस्कनै लागेका थिए तर अचानक छाल’ले उनलाई उछिन्यो र उनी बाहिर निस्कन सकेनन् । संघर्ष गर्दा नसकेपछि अन्ततः उनले सहयोगका लागि बाहिर बसेका मानिस’हरुलाई गुहारेका थिए ।
‘बाहिर रहेका मानिसहरुले तत्काल मानव सा’ङलो बनाए तर उनीहरुलाई पनि छालले हानिरहेको थियो’ उनले भनिन् ‘एक समय त मलाई लाग्यो हामीले समुद्रमा एउटा होइन १० जनाले ज्या’न गुमाउनेछौं ।’
उद्धार गर्न गएकाहरुले ती युवातर्फ विभिन्न वस्तु’हरु फलिरहेको भए पनि उनले समाउन नपाउँदै छालले हुत्या’इदिएको उनले बताइन् । यही बीचमा अर्का एक युवा उद्धारको लागि उनीतिरै जाँदा आफैं छालमा फसेको उनले बताइन् ।
अर्का प्रत्यक्ष’दर्शी जिनेट वारेनले भने ‘सुरुमा ‘केही समय उनी आत्मविश्वासपूर्व पौडिइरहेका थिए तर केही समयपछि एउटा ठूलो छाल आयो र उनलाई हुत्याइदियो ।’ ती दुवैलाई उद्धार गरेर बाहिर ल्याएपछि त्यहाँ सुनिएको खुसीको स्वरले राहत दिएको उन’ले बताए । अर्का प्रत्यक्षदर्शीले नाम नब’ताएरै डेलीमेलसँग भने ‘त्यो दृश्य निकै डरलाग्दो थियो र मैले इमरजेन्सीसहित धेरैलाई फोन गरें ।’ उनी करिब २० मिनेटसम्म त्यहाँ फसेको उनले बताए ।
‘म निश्चित छु ती युवा नेपाली थिए र मैले था’हा पाएअनुसार उनी आफ्नो परिवारसँग थिए’ उनले भने ‘पारामे’डिकहरुलाई त्यहाँ आइपुग्न करिब ३० मि’नेट लाग्यो । नियमित जाँचपछि उनीहरु साथमै गए ।’ ती युवा हिँडेरै गएकोले उनी ठिक रहेको आफू’लाई लागेको उनले बताए ।
यो घटनापछि त्यहाँका कोस्ट’गार्डले यस क्षेत्रमा सुरक्षा चेतावनी जारी गरेका छन् । पछिला वर्षहरुमा त्यहाँ केही मृ त्यु भएकोले त्यस क्षेत्रमा पौडी नखेल्न आग्रह गरिएको छ । – डिसी नेपाल