गायिका तथा राष्ट्रिय सभाकी सां’सद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह न’गर्नुभएको हो र अब कहिले विवाह हुन्छ। यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाए’की छन् । उनले राजधानीसँगको भेटमा भनिन्, ‘खै अब त के विवाह गरिएला र १ मैले धेरै विवा’हितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।
एक समय थियो । जब उनले स्कुल’बाट एसएलसी पास गरेकी थिइन् । त्यतिबेला उनी एक जना साथीको विवाहमा गइन् । सो विवाहको क्रममा उनले ती साथीलाई बेहु’लीको रूपमा तयार गरिन् । त्यति बेला उनले पनि बेहुली बनेर श्रीमान्को घरमा जाने कल्पना गरेकी थिइन्, ‘अझ बेलुका पक्षका केही केटा’हरूले मलाई तपाईं त कत्ति राम्रै भन्दै विवाहको प्रस्ता’वसँगै राखेका थिए ।
त्यतिबेला मलाई जी’वनमा बेहुली त बन्नैपर्छ जस्तो लागेको थियो ।’ ती साथीलाई अन्माएर बेहुलासँग पठाउँदा साथी रोएप&छि उनलाई केही नमज्जा पनि लाग्यो । तर, त्यसको केही दिनमै आफ्नो साथीलाई श्रीमान्ले औधी माया गरेको देखेर उनलाई फेरि विवाह गर्ने चा’हना जागेको थियो । स्कुले जीवन सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि उनी गायन र खे’लकुदमा व्यस्त रहिन् ।
त्यो समय उनी एथलेटि’क्सतर्फ राष्ट्रिय खेलाडी थिइन् । उनी २०४४ सालमा गायिकासमेत भइसकेकी थिइन् । गायन र खेलकुदले उनलाई व्यस्त बनाउँदै गयो, ‘त्यो समय घरमा धेरै लमीहरू आएर बुबाआ’मासँग मेरो विवाहको कुरा चलाए । तर, म यता काठमाडौंमा खेलकुद र गायनमै व्यस्त रहेको कारण ती लमी’हरूको चाहना पूरा हुन सकेन ।’
अझै पनि उनलाई केही आफन्त’ले विवाह गर्नुपर्छ भन्दा रहेछन् ।
तर, उनलाई अब वि’वाहप्रति चासो छैन ।त्यस समय गायिका कोमल ओलीलाई माया गर्नेहरू धेरै थिए, ‘धेरैले माया गर्छु भन्थे । तर, म उनीहरूलाई साथीको रूपमा लिन्थें ।’ सोही कारण त्यतीबेला आफूले केटाहरूलाई मरि’हत्ते गरेर प्रेम नगरेको पनि यी गायिकाले बताइन् ।राजधानि दैनिकमा खबर छ । कोमल ओलीको भनाइमा त्यतिबेला फोन तथा मोबाइ’लको जमाना थिएन । आफूलाई मन पराउनेहरूले पत्रमित्रको रूपमा चिठ्ठी पठाउने गरेको यी गायिकाको कथन छ, ‘पत्रमा सबैले तपाईं साह्रै राम्री हुनु’हुन्छ भन्थे ।
अझ म २०५० सालबाट रेडियो नेपा’लमा समाचार वाचिकाको रूपमा अनुबन्धित भएपछि त मन पराउँछु भन्नेहरूको चिठ्ठी यति धेरै आयो कि त्यसको सीमा छैन ।’ त्यतिबेला आएका चिठ्ठीहरू अझै केहीप्रति आफूूसँग भएको पनि उनले बताइन् । एउटा चिठ्ठीको एक लाइनले यी गा’यिकाको जीवनको यात्रा नै परिवर्तन गरिदियो । त्यो चिठ्ठी पठाउनेसँग अहिले पनि कु’राकानी हुने गरेको उनले बताइन् ।
तर, साथीको रूपमा कुरा हुने गरेको उनको कथन छ । ती व्यक्तिले चिठ्ठीमा विवाह गर्न उनलाई साह्रै जिद्धी गरे । तर, कोमल मानिनन्, ‘तिम्रो जीवन नावि’कबिनाको नाउँ हो । जीवनले नदीको अन्तरकुन्तर कतै ठक्कर खाला अनि मात्र तिमीले थाहा पाउला ।’यसरी विवाह नगर्दा दुःख पाइने संकेत ती व्यक्तिले गरेपछि आफू झन् सचेत भएर अघि बढेको पनि उनले बताइन्, ‘त्यति’बेलासम्म म रेडियो नेपालको जागिर र गायनले अत्य’न्त व्यस्त भइसकेको थिएँ ।
अब मैले आफू’लाई कत्तै ठक्कर खान नदिई स्वतन्त्र भएर आफ्नो लागि अघि बढ्नुपर्छ भन्ने लाग्यो ।’ त्यसपछि विवाहको चाहनालाई त्यागेर आफू अघि बढेको पनि उनले बताएकी छन् । गायिका कोमलका तीज’सम्बन्धी गीतमा ‘पैला जाम पाम, तन्नेरी चाहियो, पोइ चाहियो’जस्ता शब्दहरू हुने गरेका छन् । यस्ता गीत गाउँदा कतिपयले उनलाई विवाह गर्न नपाएर गीतबाट पीडा पोखेको टि’प्पणी पनि गर्छन । तर, त्यो कुरालाई कोमल अस्वीकार गर्छिन् । यो आफ्नो नभएर अरूको भाव’ना पोखेको पनि उनले बताइन् ।
अब आफू’लाई विवाह गर्ने, बच्चा जन्माउने, छोरा छोरीका लागि सम्पत्ति चडेर ठूलोमान्छे बनाउने र श्रीमान्सँग चा’रधाम घुम्न जानेजस्ता कुनै सपना नभएको उनको कथन छ । अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन । मुलुकको राज’नीतिले नयाँ मोड लिँदै छ । नेकपाकी नेतृत्व बनेकी कोमल अब आगामी चुनावमा आफ्नो क्षेत्रबाट सांस’दको रूपमा उठ्ने तयारी गर्दै छिन् ।
अहिले स्वतन्त्र छु र दाङका जन’ताको सेवा गर्न पाएको छु । बुबाआमाको चाहना नै म राजनीतिमा लाग्ने भएकाले अबको जीवन राजनीति’मै बिताउनै निष्कर्षमा पुगिसकेकी छु ।’ कोमलले भनिन्, ‘हामी अझै पनि संयुक्त परिवा’रमा भएकाले सबैका माया पाइरहेको छु । परिवारमा दाजुभाइ, बहिनीका छो’राछोरी भएकाले उनीहरूबाट त्यतिकै माया पाइरहेकी छु ।’ सोही कारण आफू एक्लो र अविवाहित छु भन्ने महसुस नभएको पनि उनले प्र’काश पारिन् । – ओएस नेपालबाट