गायिका सृष्टि हिङ’माङ र गायक मिथुन शिवाको आवाजमा तिम्रो ‘छातिभित्र मुटु चल्छ मेरो’ बोलको गीत सार्व’जनिक भएको छोटो समयमा नै भिडियोलाई करिब २ लाख दर्शकले हेरि’सकेका छन् । सृजना निङ्गलेकुको युट्युब च्यानल मार्फत सा’र्वजनिक गरिएको गीतमा शब्द मिथुन शिवा, संगित सृष्टि हिङमाङको रहेको छ भने सृजना निङ्लेकु र पर्शुराम राइको अभिनय रहेको छ । प्रेमभाव बोकेको यस गीतले प्रेम गर्नको लागि कुनै जात ,धर्म, उमेर, वर्ण आदिले छेक्न नसक्ने भाव प्रक’ट गरेको छ ।
गीतको छायाङ्कन बेलायतका विभिन्न रम’णीय स्थानहरुमा गरिएको छ । मोडल द्वय सृजना निङ्लेकु र पर्शुराम राईको वैवाहिक वर्षगाठ र माघे सक्रान्तिको अवसरमा सा’र्वजनिक गरिएको भिडियोलाई बेलायतमा नै आफ्नो कर्मथलो बनाएका संचारकर्मी कुशल श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्दे’शन गरेका हुन्। सुन्दरी मोडल मोडल सृजनाले बेलायत जानु पूर्व पनि नेपालमा करिब ३ दर्जन बढी म्यूजिक भिडियोमा अ’भिनय गरिसकेकी छिन् ।
बेलायत पुगेको ३ वर्षमा नै स्था’पित भ्लगरका रुपमा आफ्नो परिचय बनाइसकेकी छिन् । भि’डियोको सह छायांकन आशिष श्रेष्ठले गरेका हुन् भने मेकअप आर्टिस्टका रुपमा दीपिका श्रेष्ठ, बालकलाकारमा काब्या श्रेष्ठ र अतिथि कला’कारका रुपमा निलम मल्लले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यस्तै पण्डित निलहरि घिमिरे विशेष भूमि’कामा देखा परेका छन् । – ओएस नेपालबाट
हेर्नुहोस् भिडियो