अत्याधिक चिसोको का’रण रौतहटको जनजीवन नराम्ररी प्रभावित भएको छ । रौतहटमा एकहप्तादेखि घाम नला’ग्नाले चिसो ह्वात्तै बढेको हो । घाम नलाग्नुका साथै बाक्लो कुहिरो र शीतलहर पनि थपिएको छ । लगतारको शीतलहर र चिसोका कारण स्था’नीयवासी अत्यावश्यक काम बाहेक घर बाहिर निस्केका छैनन् ।
अत्याधिक चिसोका कारण ग’रीब तथा विपन्न परिवारको दैनिकी निकै कष्टकर बनेको छ । गरिबीको कारण न्याना लुगाहरुको व्य’वस्था गर्न नस’क्दा उनीहरु परालको आगोको तापेर जाडोबाट बच्न कोशिस गरिरहेका छन् ।
जिल्लाभर रहेका विपन्न परि’वारलाई यतिखेर चिसोबाट आफू र आफ्ना परिवारलाई कसरी जोगाउने भन्ने तना’व रहेको छ । गरिबीको कारण दुई छाक खान पनि मुस्किल परिरहेको अवस्थामा न्याना कपडाहरु किन्न सक्ने क्षमता आफूहरुमा नरहेकाले परालको आगोको स’हायताले जाडो कटाउनु परेको उनीहरु बताउँछन् ।
जिल्लाको वृन्दा’वन नगरपालिका वडा नम्बर ७ का धमौरामा रहेको डोम वस्तीका वासिन्दाहरु घरमा न्यानो ओड्ने ओ’छ्याउने नहुँदा पराल र सुकुल ओडेर सुत्ने गरेका दुःखेसो गर्छन् । चिसो तथा शीतलहरका कारण उनीहरुको घरभित्र शीत चु’हिँदा झन सकस भइरहेको छ । चिसोको कारण न्याना कपडाहरु नहुँदा बालबालिकाहरुको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ । चिसोका कारण उनीहरुमा रु’घाखोकी, ज्वोरो, निमोनिया लगायतका सम’स्याहरु देखा परिरहेको छ ।
आफूहरु चिसोको मारमा परेपनि आफूहरुले नगर’पालिकाबाट कुनै पनि किसिमको सहयोग तथा राहत नपाएको उनीहरुको दुःखेसो छ । चिसोबाट आफूहरुको ज्यानै जाने अ’वस्थामा पनि आफूहरुको बारेमा सोध्न अहिलेसम्म कोही पनि जनप्रतिनिधिहरु नआएको उनीहरुको गु’नासो छ ।
कोरोनाको महा’मारीसँगै आएको चिसोको कहरबाट आफूहरुलाई कसले बचाउँला भन्ने आशा तथा जि’ज्ञासा उनीहरुमा रहेको छ । कोरोनाका कारण रोजगारी गुमाएर आर्थिक अभावमा जु’धिरहेका उनीहरुलाई चिसोका कारण ज्यान गुमाउनु पर्ने हो कि भन्ने चि’न्ताले स’ताउन समेत थालेको छ । – न्यूज24 बाट