लाइसेन्स निकाल्दै हुनुहुन्छ भने यो मौका नगुमाउनुहोस, पहिलाको भन्दा सजिलै पाइने छ लाइन्सेन्स

सरकारले अब स’वारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षाको ढाँचा परि’वर्तन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा परीक्षा प’रिवर्तन गर्ने विषयमा छलफल भएको थियो। उक्त छलफलपछि लाइसेन्स परीक्षाको ढाँचा परिवर्तन गर्ने स’हमति भएको हो।

यातायात व्य’वस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले ६० प्रतिशत नम्बर ल्याए पास हुने गरी ट्रायल (प्रयोगात्मक) परीक्षाको ढाँचा परि’वर्तन गर्न लागिएको बताए। अर्थात् ट्रायलमा ४० प्रतिशत गल्ती गर्ने पनि अब पास हुनेछन् । अहिले विद्यमान निय’मअनुसार पास हुनका लागि शतप्र’तिशत अंक ल्याउनुपर्छ।

हमालका अनुसार वि’भिन्न पक्षलाई आधार मानेर अंक दिइने छ। ट्राफिक लाइट, उकालो-ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर तिनीहरुका लागि अलग अ’लग अंक छुट्याइने छ। जसबाट ६० अंक ल्याउने पास हुनेछ।

‘अहिले प्रशि’क्षार्थी ट्रायलमा एउटा गल्ती गर्ने’बित्तिकै फेल हुन्छ। यसले गर्दा धेरैले लाइसेन्स नपाउने अवस्था छ। यसो हुँदा आर्थिक लेनदेनको बाटो प्रयोग गरेर लाइसेन्स लिने गरेको पाइएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले लेनदेनका आधा’रमा जो कोहीले पनि लाइसेन्स लिइरहेका छन्। त्यसैले जसलाई पनि लाइसेन्स दिनुभन्दा ६० अंक ल्याउनेलाई दिनु धेरै राम्रो हुन्छ। यसबाट याता’यातमा हुने लेनदेनमा पनि कमी आउनेछ।’

त्यसैगरि, लिखित परीक्षासमेत सहज हुनेगरी साइटमै लाइसेन्स परिक्षाका सम्भावित प्रश्ना’वली (क्वेशन बैंक) राख्न लागिएको छ। साइटमा राखिने उक्त प्रश्नावलीमा करीब एक हजार प्रश्न राखिने बताइएको छ। त्यही भित्रबाट परी’क्षार्थीलाई प्रश्न सोधिनेछ। अहिले विभिन्न स्रोतबाट पढेर परीक्षा दिनुपर्ने व्यवस्था छ। विस्तारै घरमै बसेर लि’खित परीक्षा दिने व्यवस्था मिलाउने योजनामा विभाग छ।

यो फेरिएको ट्रा’यल परीक्षा छिटै लागू हुने बताइएको छ। विभाग, ट्रायल सेन्टरहरुले तयारी गरिसकेपछि नयाँ ढाँचा अ’नुसार ट्रायल परीक्षा लागू गर्ने तयारी रहेको हमालले बताए। करिब ९ महिनापछि आवेदन खुला गरिँदा क्ष’मताभन्दा आधा मात्रै कोटा तोकिएको थियो। जसका कारण अधिकांशले आवेदन नै दिन पाएनन्। लिखित र प्रयोगा’त्मक दुवै परीक्षाका लागि कोटा तोकिएको छ। भीडभाडका कारण जोखिम हुने भन्दै कोटा तोकिएको हो।

उपत्यकामा चा’रवटा भक्तपुरको जगाती, काठमाडौंको ठूलो भर्‍याङ, सुकेधारा, ललितपुरको एकान्त’कुना गरि चारवटा कार्यालयमा परीक्षा सञ्चालन हुन्छ। ती कार्यालयहरुमा मोटरसाकल र स्कुटरका लागि तीन सय तथा कार र जीपका लागि दुई सय जनाको कोटा छुट्याइएको थियो। सोही कारण धेरैले आवे’दन दिन नपाएका हुन्। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्