हेर्नुहोस् मुख्यमन्त्री शेरधन राईकी हुनेवाला श्रीमती, यिनैसंग माघ ११ गते गास्दै छन् लगनगाँठो

प्रदेश नम्बर १ का मुख्यमन्त्री शे’रधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लग’नगाँठो कस्ने भएका छन्। शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम वि’वाह हुने लागेको राई निकट स्रोतले बतायो । राई र शेर्पाबीच काठमाडौंमा निकट नेताहरू, निकट मित्र र पारि’वारिक सदस्यबीच बिहे हुन लागेको ब’ताइएको छ ।

मुख्यमन्त्री राईको पु’र्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। ज्याङ्मुले वि’भिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरी सकेकी छन् । ५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा वि’वाह गर्ने तय भएको छ । मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईका अनुसार मुख्यमन्त्री राईको माघ ११ गते विवाह पक्का भएको हो। अमेरिकामा बसो’बास गर्दै आएकी ज्याङ्मुसँग मुख्यमन्त्रीको विवाह हुने पक्का भएको मुख्यमन्त्रीका स्व’कीय सचिव राईले जानकारी दिए।

ज्याङ्मुका आमाबुबा अमेरिकामा बस्दै आएको ब’ताइएको छ। उनले काठमाडौंमा वि’वाह पछि विराटनगरमा भोज आयोजना गर्ने उनले बताए । ११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी ज्याङ्मु ले त्यसलगत्तै उनले वि’भिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उ’पाधि जितेकी थिइन्। चर्चित नायक पल शाह, शेर्पा समुदायका चल्तीका गायक लाक्पा शेर्पा अमोद लगाय’तसँग म्यूजिक भिडियोमा अभिनय गरेर ख्याती कमाएका शेर्पा कार्यक्रम सञ्चालनको दौडानमा देश’विदेशका मञ्चहरुमा पुग्छिन् ।

नृत्यमा स’मेत राम्रो दख्खल राख्ने जाङमुले विभिन्न सांस्कृतीक कार्यक्रममा आफूभित्रको कलालाई प्रस्तु’त गरिसकेकी छन् । २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने ब’ताएका थिए । विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभ’चिन्तक, सांसद, कर्मचारी लगायतको स’हभागिता रहने बताइएको छ।

शेरधन राई बुबा जा’गिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते आमचोक गाउँपालिका सा’विकको थिदिङखा गाविस भोजपुरमा जन्मिएका हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राज’नीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।राईले तीन वर्ष भूमिगत जीवन बिताएका छन् । एमाले वैकल्पिक पोलि’टव्युरो सदस्य रहेका राई प्रदेश १ का सह–संयोजक भए ।

राईको जन्मस्थल भोजपुर सदरमु’कामदेखि एक दिनको पैदल दुरीमा पर्छ । अहिले भने कच्ची सडक उनको गाउँमै पुगेको छ । सामान्य किसान परिवारमा जन्मिएका राईले विद्यालय पढ्न जाँदा बिहान बेलुका बस्तुलाई घाँस काट्नु’पथ्यो । समाजका अन्यायविरुद्ध सानैदेखि लड्न तयार हुने राई २०४४ सालदेखि संगठित रुपमा अनेरास्व’वियुको राजनीतिमा सक्रिय भए । ०४४ सालमा अनेरास्ववियुको प्राक सदस्य बनेका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वा’ञ्चलको संयोजक बने ।

२०५४ सालमा एमाले विभा’जन भयो । पार्टी विभाजन भएपछि भोजपुरका अधिकांश नेता मालेमा गए। उनी भने जिल्लामा पार्टीको नेतृत्व सम्हाल्ने जिम्मे’वारीमा पुगे । त्यसपछि उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने । २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा संसद बने । २०६४ सालको संविधान’सभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बने । दोस्रो संविधानसभाकासमेत सांसद राईले संसदको सुशा’सन तथा अनुगमन समितिको सभापति भएर काम गरे ।

दोस्रो संविधानसभा स’दस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने । पहिलो पटक नै उनले सूचना तथा सञ्चार मन्त्री पाए । राई एमालेभित्रका युवा नेतामध्ये प्रभा’वशाली नेता हुन् । राई एमालेको टुटफुटबाट कहिल्यै विचलित नभएका नेता हुन् । दोस्रो संविधानसभाको सदस्य हुँदा सुशासन समि’तिको सभापति बनेका राईले अख्तियार दुरुपयोग अनु’सन्धान आगोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई समेत समितिमा बोलाएर स्पष्टीकरणा सोधेका थिए । शक्तिशाली प्रमुख आयुक्त मानिएका कार्कीलाई स्प’ष्टीकरण सोधेपछि राष्ट्रिय राजनीतिमा राईको चर्चा बढेको हो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्