नेपाल आइड’लबाट लोकप्रियता कमाएका गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत तिमी कस्की छोरीको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्व’जनिक गरिएको गीतका शब्द लोक’प्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन् । जसमा संगीत पनि शर्माले नै भरेका छन् ।
जसमा पछिल्लो सम’यकी चर्चित नायिका सुरक्षा पन्तको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सुरक्षाका प्रेमिको रुपमा ह्याण्डसम शम्भु घिमिरेको अभिनय रहेको छ । पछिल्लो समय पर्यटकीय ग’न्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युव’तीको अवतारमा देखा परेकी छिन् ।
गाउँ घरकै आटो पिठो ढिँडो खाँदै मे’लापात गर्दाका रोमाञ्चक दृश्यहरुलाई निर्दे’शक लक्ष्मण सुनारले कलात्मक शैलीमा भिडियोमा कैद गरेका छन् । करिब ९ मिनेटको भिडियो हेर्दा लाग्छ यो कुनै फिल्मको रोमान्टिक कथा हो । दर्शकले हेरि’रहँदा शम्भु र सुरक्षाको प्रेम रोमान्सदेखि विबाह भएको रमाइलो दृ’श्य कटीरहेको पत्तै पाउँदैनन् ।
आरोन अशोक’कुमारको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक लक्ष्मण सुनारकै रहेको छ । नरेन्द्र वियो’गीको एरेन्ज रहेको गीतको मिक्स मास्ट’रिगं साजन शाहले गरेका हुन् । सार्वजनिक गीतको भिडियो मोडल शम्भुकै आफ्नै च्यानल युनिआयन मिडिया युट्युब च्यान’लबाट बजारमा ल्याइएको हो । हेर्नुहोस् भिडियो