अभिनेत्री आँचल शर्मा प्रेमी उदिप श्रेष्ठसँग विवाह बन्ध’नमा बाधिएको एक बर्ष हुन् लागेको छ। एक बर्ष अघि हिन्दू प’रम्परा अनुसार उनीहरुले बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा विवाह गरेका थिए। ‘हामी तीन जना हुंन समय लाग्छ’, श्वेता खड्का र विजयन्द्रसिंह रावतको रिसेप्सनमा आँचलले जि’स्किंदै भनिन्, ‘पहिला पाँच छ वटा पार्टी खाउँ न । साडी सम्हाल्ने कि, ब्याग सम्हाल्ने कि बच्चा !’
आँचललाई उदिपको के’यरिङ गर्ने बानी असाध्यै मन पर्छ। उनलाई उदिपलाई नभे’ट्दासम्म आफ्नो बुबा र दादाले मात्र केयर गर्ने गरेको सम्झना छ। तर, उदिपलाई भेटिसकेपछि भने उनलाई ‘केटा मान्छे यस्तो पनि हुन सक्छ ?’ भन्ने लागेको थियो। ‘उहाँको केय’रिङ देखेर केटाहरू पनि यस्तो हुन्छन् र भन्ने लाग्छ,’ उनले भनिन्, ‘उहाँको यही बानीको म कायल छु।’
उदिपलाई भने आँचल अ’सल केटी लाग्छ। ‘खै म त उनको एउटा–दुइटा मात्र कुरा राम्रो कुरा भन्नै सक्दिनँ,’ उनले भने, ‘मलाई त उनी हर कुरामा पर्फे’क्ट लाग्छ।’ त्यसो हो भने के यो जोडीको कहिल्यै ठाक’ठुक पर्दैन ? आँचलले उदिपलाई उछिनेर भनिन्, ‘मेरो पर्छ। दिनमा एकचोटि जसो त म रिसाएकै हुन्छु। तर, उहाँले फकाइ’हाल्नुहुन्छ।’ आँचलको कुरामा सही थाप्दै उदिपले रिसाउने का’रण बताए, ‘उनलाई छिनछिनमा हाई–हेल्लो गरिरह’नुपर्ने हुुन्छ। – ओएस नेपालबाट
भिडियो हेर्नुहोस्