दुर्गेश थापा लाई एकसाथ दुई सफ’लता : ट्रेन्डिङ–१ र क’रोड भ्यूज

गिहुँपछिल्लो पुस्ता’का लोकप्रिय कलाकार दुर्गेश थापालाई दुई सफलता एक साथ मिलेको छ। टेलिभिजन अन्तर्वार्तामा अग्रज कला’कारको गीत गायन र नामका विषयमा चिप्लिंदा तीव्र विवाद र आलोचना खेपेका थापाले आलु जस्तो गायक बोलको गीतबाट उक्त प्रक’रणबारे स्पष्ट पार्न खोजेका छन्।

इनाक्टी इन्टरटेन्मे’टको युट्युव च्यानलबाट सार्वजनिक गीत आलु जस्तो गायक २४ घण्टामै युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।यो गीत युट्युव ट्रेन्डि’ङको नम्बर १ मा पुग्दा हरितालिका तीज लक्षित गरेर हालै सार्वजनिक गरिएको बीच बीचमा–२ गीतले १ करोड भ्यूज पाएको छ।

थापाको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गीत शनिबार बिहा’नसम्ममा १ करोड २४ हजारले हेरेका छन्। पछिल्ला दुई गीतमा श्रोता दर्शकले देखाएको अपार माया र सद्भावबाट निकै उत्साहित भएका गायक थापाले बताए। गीतको शब्द संगीतसँगै म्युजिक भिडियोलाई पनि धेरैले रुचाएका छन्।

अग्रज कला’कारको सुझाव सहितको भनाइबाट आरम्भ गरेको भिडियोमा अहिलेका चल्तीका नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ। ‘हो हो माले भन्ने मान्छे गायक भो बबाल’ भन्ने गीतको वाक्यांशलाई लिएर भने केहीले प्रश्न र चिन्ता व्यक्त गरेका छन्। यद्यपी गायक थापाले आफुलू अग्रज’हरुको सदैव सम्मान गर्ने र अपमान गर्ने नियतले गीत तयार नगरेको स्पष्ट गरेका छन्।

सालको पात टपरी जस्ता सर्वा’धिक रुचाइएको गीत सहित करोड क्लबमा प्रवेश गर्न सफल अनगिन्ती गीतको संगीत सिर्जना गरेका लोकप्रिय गायक संगीत’कार वसन्त थापाको साथ पछिल्लो गीतको लोकप्रियताका लागि महत्वपूर्ण कडी मानिएको छ। यो गीतसँगै संगितकार थापाले गायक अनुसार संगीत भर्न सक्ने आफ्नो सामथ्र्यलाई पनि आम संगीतप्रेमीका माझमा प्रस्तुत गरेका छन्।

बागलुङ’को गलकोट मल्ममा घर भएका दुर्गे’शलाई शुरुवातमा मोडलिङ करियरमा पनि संगीतकार थापाले डेब्यु गराएका थिए।युवा पुस्तामाझ गत वर्षको तीज गीत ‘हामी पनि नाँच्नुपर्छ बीच बीचमा’बाट गायक तथा मोडेल दुर्गे थापाले सर्वाधिक सफ’लता प्राप्त गरेका थिए।

प्रतिकृया दिनुहोस्