तीन बच्चा छाडेर आमा पोइला गइन्, बा पनि घरमा छैनन् आमा सम्झिदै रुन्छन्(भिडियो सहित)

‘बुवा नांग्लो बि’काउन जानु भएको छ । घर यस्तै छ हाम्रो घर त । केही छैन । जता’कतैबाट बाहीर देखिन्छ । पानी पर्यो भने चुहिन्छ । वर्षामा भलपनि आउँछ ।’ सकिनसकी आगो फु’क्दै गरेका तनहुँ आर्थुम्का गाउँका ३ जना भुजेल नानी’बाबुहरु । उनीहरु चिसो भुँईमा भिजेको पि फम ओच्छा’एर सुत्छन् । त्यसरी यो जाडोमा चिसो भुँईमा पानीले पुरै भिजाएको पि फम ओच्छ्या’एर सुत्ने नानीबाबुहरु हुन् ८ वर्षकी अनुषा भुजेल, ६ वर्षका रिमन भुजेल र ४ वर्षको रि’चेल भुजेल ।

यी नानीबाबुहरुको आमाले यि’नीहरुलाई छाडेको २ वर्ष भएको छ । यो दुई वर्षमा यिनीहरुको अव’स्था यस्तै दयनिय नै छ । यस्तो अवोध छोराछोरीलाई छोडेर जाने ती कति निर्दयी आमा ? आफैले जन्माएर आफैले लत्याउन सक्ने । आमाले छा’डेर गएपछि आफु मुनीको भाई बहीनीहरुलाई स’किनसकि खाना पकाएर, पानी तताएर खुवाउँदै हुर्काएकी छन् ८ वर्षकी अनुषा भुजेलले । उनीहरुको अव’स्था निकै नै दयनिय छ । विपन्नको पनि अत्ति नै वि’पन्न परिवारमा गनिन्छन् यी नानीबाबुहरु ।

यिनीहरुको अवस्था’लाई देखेर सहयोगी मनहरुले पनि सकेको सहयोग गरिरहेका छन् । नयाँ लुगा पाउँदा, खाना पका’उनलाई नयाँ भाँडाकुँडा पाउँदा र भिजेको डस्ना अनि सिरकको ठाउँमा नयाँ अनि न्यानो बनाउने लत्ता कपडा पाउँदा उनीहरुको मु’हारमा खुशीको बेग्लै संसार देख्न सकिन्छ । काम नगरि खानको जाहो नहुने भएको हुनाले उनीहरुका बाबु अ’रुकै काम गर्न जाँदा रहेछन् । नजिकै काम पाउँदा उनी घरमा आउँदा रहेछन् भने काम टाढा पाएको खण्ड’मा उनी घरमा नहुँदा अनुषाले नै भाई बहिनीलाई काखी च्या’पेर सुत्ने रहिछन् । – इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्