‘दिलमा फोटो’बोलको गीतमा नाजिर र उषाको अभिनय (भिडियो हेर्नुहोस्)

छायांकार सुदीप बराल निर्दे’शन यात्रामा पनि उत्तीकै अगाडि बढिरहेका छन्। उनले पछिल्लोपटक निर्देशन गरेको दिलमा फोटो बोलको गीतको म्युजिक भिडियो सा’र्वजनिक गरिएको छ।

आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त साप’कोटाको शव्द रचना र संगीत रहेको छ। रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडि’योमा कविराज गहतराजको शानदार कोरियोग्राफी छ।

भिडियोमा रेनिष फा’गोको कलर र मनोहरी पौडेलको प्रडक्सन रहेको छ। भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतीलाई अन स्क्रिन रो’मान्स गराएका छन्। गीतमा लुकी’छुपी लगाएको मायाको कुरा गरिएको छ। नाजिर पछिल्लो समयमा म्युजिक भिडियोमा बढी देखिन थालेका छन्। उनलाई दर्शकले म्युजिक भिडि’योमा मन पराउँदै आएका पनि छन्। – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्