फेसबुकबारे यी रोचक कुरा, जुन तपाईंलाई थाहा नहुन सक्छ जान्नुहोस्

फेसबुकले प्रयो’गकर्तालाई पैसा कमाउने प्लेटफर्म पनि दिएको छ । व्यवसायीको लागि नयाँ अप्स’नहरु बनाइरहन्छ । भिडियो सेयरिङ अप्सन वा अन्य वि’भिन्न सामाग्री सेयर गरेरपनि तपाईले फेसबुकबाट पैसा कमाउन सक्नुहुन्छ । के तपाइलाई थाहा छ ? फेसबुक प्रयोगकर्ताले आफ्नो मृ’त्युपछि पनि आफ्नो अकाउन्ट अरु मानिसलाई सुम्पिन सकिन्छ।

अधि’कांश फेसबुक प्रयोगकर्तालाई लाग्न सक्छ, मरेपछि आफ्नो अकाउन्ट के होला रु या म’रिसकेका व्यक्तिको अकाउन्ट फेसबुकले के गरेको होला । आफ्ना प्रयोगकर्ताको मृ’त्यु भएको रिपोर्ट कसैले फेसबुकमा गर्यो भने उसले विभिन्न तथ्य जुटाएर यथार्थ खोजेर प्रयोगकर्ताको मृ’त्यु भएको पुष्टि भएमा फेसबुकले मृ’तकको प्रोफाइललाई मेमोरलाइज्ड गर्छ । त्यसपछि उक्त अ’काउन्ट कसैले पनि लग इन वा परिवर्तन गर्न सक्दैन ।

तपाई फेसबुकमा कुनै कुरा अपलोड गर्दै हुनुहुन्छ भने पक्कै टाईप गर्नुहुन्छ अनि ‘ईरेज’ पनि गर्नुहोला तर तपाईले स्ट्या’टस अपडेटमा जे टाइप गरेपनि त्यो सिधैं सर्भरमा आउँछ। तपाईले पोस्ट नगरेका टेक्स्टहरु पनि स’र्भरमा गएको हुन्छ । एक तथ्यांकअनुसार प्रत्येक मिनेटमा फेसबुकमा १८ लाख पटक लाइक बट’नको प्रयोग गरिन्छ।

फेसबुक फेक एकाउण्टहरुको आँकडा ८.७ प्रतिशत छ । तपाईं आफ्नो फेसबुक अ’काउन्ट लग इन गरेर इन्ट’रनेटमा अरू काम गरिरहनुभएको छ भने फेसबुकले तपाईंका सबै गति’विधि रेकर्ड गरिरहेको हुन्छ । फेसबुक भिजिटपछि प्रयोगकर्ताले आफ्नो जिन्दगी उजड महशुस गर्छन् किनकि मानिसहरुले हरेक खुसी मु’मेन्ट फेसबुकमा सेयर गरिरहेका हुन्छन् ।

फेसबुकमा नियमितजसो दैनिक ६ लाख पटक ह्या’किङका प्रयासहरु हुन्छन्। फेसबुकमा नियमित झुण्डिरहनेहरुमा फेसबुक एडिक्सन डिसअर्डर अर्थात् ए’फएडी नामको रोगले समात्छ । विश्वमा करोडौँ मानिस एफएडीबाट ग्रसित छन् ।‘साइट डाउन’ हुँदा फेसबुकले प्रत्येक एक मिनेट बराबर २५ हजार डलर बराबरको नो’क्सान ब्यहोर्छ । हामीले मन पर्यो भन्न द’बाउने लाइक बटनको नाम पहिले ‘असम‘ थियो।

अधिकांश देशमा फेसबुक सामाजिक स’ञ्जालमा एक नम्बरमा छ । तर, फेसबुक विश्वका केही देशमा भने प्रतिबन्धित छ । चीन, इरान, उत्तर कोरिया, लगायत देशमा फेसबुक चल्दैन । हाल फेसबुकमा तीन करोड बढी मृ’त मानिसको एकाउण्ट छ । एक सय वर्षमा मृ’त मानिसको फेसबुक एकाउण्टको तथ्याङ्क ५० करोड पुग्ने अनुमान गरिएको छ ।

धेरै पटक मृ’त्युको कारण बनेको फेसबुकमा बालबालिकाहरुको एडिक्सन चाहिनेभन्दा २० औँ गुणा बढी छ । फेसबुकले नीलो रङ प्रयोग गर्नुको कारण निकै रो’चक छ । यसका संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ । उनले सबैभन्दा राम्रोसँग देख्न सक्ने रङ नीलो भएकाले नीलो रङमा फेसबुक डि’जाइन गरिएको हो ।

चित्त नबुझेपछि हामी फेसबुकमा मानिसहरुलाई ब्लक गर्छौ नि ? फेसबुकमा ब्ल’क गर्न नसकिने एकजना वयक्ति फेसबुकका संस्थापकमार्क जुकरबर्ग हुन् । संसारभरका एक तिहाई मान्छेका लगि सूचना प्राप्त गर्ने पहिलो स्रोत फेसबुक नै हो । फेसबुक सर्भरमा ३ सय पे’टाबाईट डाटा स्टोरेज गरिएको छ ।

अनुमान लगाउ’नुहोस् त एक पेटाबाईटमा १० लाख गिगाबाईट हुन्छ । एक सेकेन्डमा ८ जना नयाँ प्रयो’गकर्ता थपिन्छन् । फेसबुकमा २० लाख बढी सक्रिय वि’ज्ञापनकर्ता छन् । तपाईले डिलिट गरेको म्यासेज सर्भरमा कहिल्यै डिलिट हुँदैन । तपाईले ‘वन्ली मी’ गरेर पोष्ट गरेको स्टाटस समेत सर्भलाई थाहा भइसक्छ । संसा’रभरको दिनको सवा एक बजेदेखि सवा दुई बजेसम्म सबैभन्दा धेरै अन्त’र्क्रिया हुन्छन् । – खबरहबबाट

प्रतिकृया दिनुहोस्