विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै सार्वजनिक(भिडियो हेर्नुहोस्)

विश्व कीर्तिमानी गी’तकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । नोजराज सिव’कोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सा’र्वजनिक भएको हो । जीवन शाहीको नि’र्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फि’चर गरिएको छ ।

मोद श्रेष्ठ र टिमको छा’याँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । फरक शैलीका गीत मा’र्फत डा.उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न स’फल हुनु भएको छ ।गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड का’यम गर्नुभएको हो ।

उहाँका २३ एल्व’ममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि ले’खिएका गीत पनि रहेका छन् ।उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रता’डनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परि’वेशका गीत रहेका छन् ।

त्यस्तै उहाँका मेजर स्के’लका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् । सयौं गीतका सर्जक डा. उपाध्यायका दश उपन्यास पनि पाठ’कमाझ आएका छन् ।उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ पाठ_कमाझ आउने तया’रीमा रहेको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्