कुनै बेला धनी र बुढा’बुढीलाई लाग्ने रोकका रुपमा चिनिने मधुमेह आजकल सबै उमेर समूह तथा वर्गका मानिसमा ती’व्ररुपमा बढीरहेको छ । नेपालमा मात्रै अहिले २५ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । मानिसको बढ्दो व्य’स्तता र जीवनशैलीमा आएको परिर्वतनका कारण नेपालका सहर’बजारमा मधुमेहका बिरामीको संख्या वृद्धि हुँदै गएको चिकि’त्सकहरुको भनाइ छ ।
मधुमेह एक दी’र्घकालीन स्वास्थ्य समस्या हो । यसलाई उचित आहारको सन्तुलन मिलाएर कम गर्न सकिन्छ । सरल जीवन’शैलीसँगै व्यायाम, सन्तुलित भोजन र एन्टिआ’क्सिडन्टले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । यसको लागि धेरै मेडिकल र आयुर्वेदिक तरिकाहरु पनि छन् ।
केराको फूलले पनि मधुमेह बिरामीको रोग व्यव’स्थापनको लागि उपयोगी मानिन्छ ।
सन् २०११ मा गरिएको एक अध्य’यनले केराको फूल र स्यूडोस्टेममा एंटी–डायबेटिक र एन्टि–एजीई गुणहरू पाइने पत्ता लगाएको छ । यो मधुमेह बि’रामीको लागि फाइदाजनक हुने जनाइएको छ । केराको फूल र स्यूडोस्टेममा कम ग्लाइसेमिक सूच’कांक र उच्च आहार फाइबर अनि एन्टिआक्सिडन्टहरू पाइन्छ ।
टाईप २ मधुमेह रोक’थाम र नियन्त्रण गर्न खोज्ने व्यक्तिको लागि केराको समूहको अन्त्यमा झु’ण्डिएको आँसुको आकारको मरून वा बैजनी फूलहरू लाभ’कारी मानिन्छ । यसले शरीरको रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । यसलाई काँचै वा प’काएर खान सकिन्छ भने सलाद, करी वा सूपमा मुख्य रुपमा प्रयोग गरिन्छ । – खबर हबबाट