अहिले जा’डोको मौसम सुरु भएको छ । यो समयमा शहरी क्षेत्रमा बसो’बास गर्नेहरु धेरैको खाजाको रोजाई मम हुन सक्छ । हुनपनि मम नेपालीहरूमाझ लो’कप्रिय खाजा बनेको छ । छिटो मिठो भएकाले पनि मानिसहरूको रोजा’ईमा मम पर्ने गरेको हो । तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन । चि’कित्सकहरु भन्छन्, ‘मम धेरै खायो भने रक्त’चापको समस्या हुनसक्छ ।’
रक्तचापको परीक्षण १२०/ ८० एमएमए’चजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टो’लिक भनिन्छ अर्थात् लो प्रेसर । वृद्ध व्यक्तिहरूमा सिस्टो’लिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६०/८० हुन सक्छ । युवामा १४० सिस्टो’लिकभन्दा माथिको रक्तचाप र वृद्धहरूमा १५० भन्दा बढी रक्तचाप भएमा ए’कदमै ध्यान दिनुपर्ने हुन्छ ।
चिकित्स’कहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफूड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ । तना’वपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरका’रीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खा’नेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ । अहिले २० देखि ४० वर्षको उमेरका मानिस उच्च रक्तचापको स’मस्याबाट पीडित छन् ।
उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्र’भाव पार्छ । मुटु, कलेजो र मिर्गौ’लालाई यसले घात गर्छ । आँखा’लाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने सम्भावना हुन्छ । रक्तचाप सन्तु’लनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । नियमित रूपमा रक्त’चापको परीक्षण गर्नुपर्छ । स्वास्थ्य’स्थितिमा परिवर्तन आउनेबित्तिकै चिकित्स’कको परामर्श लिइहाल्नुपर्छ ।
लसुन खाएमा रक्त’चापको समस्या निदान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र कोलेस्ट्रोलाई नि’यन्त्रण गर्छ । एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मि’साएर बिहान बेलुका पिउँदा उक्त रक्त’चापमा राहत पुग्छ । रक्तचाप बढेको छ भने आधा गि’लास तातो पानीमा एक चम्चा मरिचको धूलो हालेर दुई दुई घन्टा’को फर’कमा पिउने गर्नुस् । एजेन्सीको सहयोगमा