गायक प्रताप दास र गायिका रजिना रिमालको स्व’रमा रहेको ‘सृजनाकी श्रेष्ट तिमी’ बोलको नयाँ गीत सार्व’जनिक गरिएको छ । बिहीबार राजधानीको पाना क्याफेमा एक कार्य’क्रमका बिच सार्वजनिक गरिएको उक्र गीतमा रिमेश कु’मारले संगीत भर्नुभएको छ भने प्रदीप थुलुङको स्वर रहेको छ ।
भिडियोमा लोकप्रिय गायक तथा स’र्जक प्रकाश सपुतसँगै प्रदीप अधिकारी र प्रमिला क्षेत्रीले अभि’नय रहेको छ । भिडियो बिक्रम चौहानले निर्देशन गर्नुभएको हो । भिडियोको निर्माता रमेश शाही हुनुहुन्छ । भीडियो सार्व’जनिक कार्यक्रममा बोल्दै कलाकार प्रकाश सपुतले आफूले लोकशैलीको गीतमा अभि’नय गरेको तर अहिले फरक गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको ब’ताउनु भयो ।
उहाँले गीत मन परेरै भिडियोमा काम गर्न तयार भएको बताउनु भयो । गीतका संगी’तकार रिमेशले प्रकाशलाई अफर गर्नुभएको थियो । भिडियोका नि’र्माता रमेशले कतिपय कलाकारहरुले गीतमा काम गरिसकेपछि प्रमो’शनमा साथ नदिएको भन्दै गुनासो पोख्नुभयो । उहाँले आगामी दिनमा पनि अन्य गीत बजारमा ल्याउने त’यारी भइरहेको बताउनु भएको छ । – ओएस नेपालबाट