घाट लैजाने बेलामा को’रोना संक्र’मण पुष्टि भएपछि…

मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको बिहीबार राति मृ त्यु भयो। श्वासप्रश्वा’समा स’मस्या भएको बताएपछि उनलाई तत्काल कोसी अस्पताल लगिएको थियो। एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृ’त घोषणा गरेका थिए। आफन्तले ती पुरुषको श व घरमा ल्याए।

परिवारका सदस्यले मधुमे’हको पुरानै स’मस्याका कारण उनको मृ त्यु भएको हुन सक्ने अड्कल काटे। तर, उनमा को’रोना सं’क्रमण भएको यथार्थ शुक्रबार दाह’संस्कार गर्न घा’ट लैजाने बेला मात्रै थाहा भयो। वडाध्यक्ष विजय कामतले मृ तकमा कोरोना सं’क्रमण रहेकाले घाटमा लैजान नमिल्ने बताए। त्यसपछि नेपाली सेनाको टोली आएर श’व लिएर गयो।

ती पुरुषको पीसी’आर रिपोर्ट भने बुधबारै आ’एको रहेछ। रिपोर्टमा पोजिटिभ आएको कुरा प्रयोगशालाले प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकालाई जानकारी दिएको रहेछ।

दुवै निकायले कोरोना देखिएकोे खबर समयमै सम्बन्धित व्यक्ति र परिवारलाई दिएनन्। ज्वरो, रुघाखो’कीको समस्या देखिन थालेपछि ती पुरुषको स्वाब संकलन गरी गत सोमबार पीसी’आर परीक्षण गर्न पठाइएको थियो।

‘अघिल्लो दिन पोजिटिभ रिपोर्ट आउँदा पनि कसैलाई जानकारी गराइएन’, मृ’तकका भान्जा सचिन कामतले भने, ‘त्यही कारण मृ त्यु भइसक्दा पनि कोरोना छैन होला भनेर अन्त्ये’ष्टिका लागि घाटसम्म लैजाने तयारी गरि’एको थियो।’

कोरोना संक्र’मणको खबर आएपछि परिवारका सदस्य, आफन्त र मला’मी छाँगाबाट खसेजस्तै भएका छन्। मृ त्युको शो’कसँगै कोरो’ना सरेको हुन सक्ने आशंकाले उनीहरू तना’वमा परेका छन्। परिवारका सदस्य र आफन्त गरेर २० जनाभन्दा बढी ‘होम क्वारेन्टाइन’मा बसेका छन्।

मृ’तकका २०, १८ र १५ वर्षका छोरी, १२ वर्षका छोरा र श्रीमती छन्। उनीहरू रो’गले थलिएर नियमित औ’षधि सेव’न गर्दै आएका अभिभावकको स्याहारमा खटिएका थिए। मजदुरी गरेर खाने परिवारको आर्थिक अवस्था कमजोर छ। मृत’कको दा’हसंस्कार गर्न पनि परिवारले ७ हजार रुपैयाँ ऋण खोजेको थियो।

‘मामालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो। पीसीआर रिपोर्ट पोजिटिभ आउँदासम्म हामीलाई जानकारी नदिएर प्रदेश र स्थानीय सरकारले गम्भी’र ला’परबाही गरे’, सचिनले भने, ‘त्यही भएर बिरामीको स्याहार गर्नेदेखि मृ त्यु हुँदा श’व अस्पतालबाट ल्याउने र जला’उन घा’टमा लैजानेसम्मको तयारी गरिएको थियो।’

उनले परिवारलाई तत्काल जानकारी गराएर संक्रमितलाई उपचारमा लैजानुपर्नेमा उल्टै पोजिटिभ आ’एको रिपोर्ट लुकाउने काम भएको गुनासो गरे। ‘यो सरकारको हेलचेक्र्याइँ हो’, उनले भने, ‘जसका कारण एक जनाबाट सिंगो परिवार र अरू आफन्त संक्रमित बन्नुपर्ने अवस्था आएको छ।’

महानगरपालिकाले भने ‘होम आइसोलेसन’मा मृ त्यु भएको भन्ने बनाएको छ। वडाध्यक्ष कामतले उपचारका लागि लैजाने प्रयास हुँदै गर्दा ‘होम आइसोलेसन’मै संक्रमितको मृ त्यु भएको बताए।

‘रिपोर्ट पोजेटिभ आएको कुरा महा’नगरले भन्नासाथ मैले परिवारलाई जानकारी गराइदिएँ’, उनले भने, ‘तापनि संक्रमणले मृ त्यु भएको थाहा हुँदाहुँदै आफन्तले श’व दाहसंस्कारका लागि घा’ट लैजान लागेकाले मैले नै रोकेको हुँ।’

बेड अभाव रहेको भनेर को’भिड अस्पतालले अस्वीकार गर्दा आइसो’लेसनमा लैजान नपाई घरमै संक्रमितको मृ त्यु भएको उनको भनाइ छ। सं’क्रमितलाई उप’चारको व्यवस्था गर्न नसक्नु सरकारको कमजोरी रहेको उनले बताए।

उनका अनुसार आफ्नो वडाका ४० संक्रमित ‘होम आइसोलेसन’मै बस्न बाध्य छन्। मृत’कका परिवारका सदस्य, आफन्त र उनको सम्पर्कमा रहेका व्यक्तिको स्वाब आइतबार संकलन गरि’ने उनले बताए।

घरमै संक्रमितको मृ त्यु भएको प्रदेश १ कै यो पहिलो घ’टना हो। विराटनगरमा शुक्रबा’रसम्म कोरोनाका कारण १ महिला’सहित ९ जनाको मृ त्यु भइसकेको छ। महानगरका प्रमुख प्रशासकीय अ’धिकृत इन्द्रमणि पोखरेलले विराटनगरमा शुक्र’बारसम्ममा कोरोना पुष्टि भएका ७ सय ७४ जनामध्ये ४ सय हाराहारी ‘होम आइसोलेसन’ मै रहेको जानकारी दिए।

६० जना क्षमता भनिएको कोसी अस्प’ताल कोभिड–१९ उपचार केन्द्रमा १७ महिला र २४ पुरुष गरेर ४१ जना उपचाररत छन्। १ सय १८ महिला र १ सय ५६ पुरुष उप’चारपछि डिस्चार्ज भएका छन्। – अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्