नयाँ वर्षको सुरुवातसँगै दक्षिण कोरियामा काम’दारको तलब बढ्यो

नयाँ वर्ष सुरु भए’सँगै दक्षिण कोरिया’मा कामदा’रको न्यूनतम तलब वृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन पाउने भए’का छन् ।

योवर्ष कोरोना महा’मारीका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो । दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने काम’दारको न्यूनतम ज्याला महि’नामा १८ लाख २२ हजार ४ सय ८० कोरियन वन अर्थात् झन्डै १ लाख ८२ हजार रुपैयाँ हुनेछ ।

साथै ८ घन्टा भन्दा बढि का’म गरे बापत ‘ओभरटाइम’ र सार्वजानिक बिदाह’रुमा काम गरे प्रतिघन्टा १३ हजार वन भन्दा बढि ज्याला पाउनेछन् । त्यसै’गरी राति १० बजेदेखि बिहान ६ बजे’सम्मको काम गर्ने कम्पनीमा रात्रि भत्ता हुनेछ ।

गत जुलाई’मा तलब निर्धा’रण समितिले आठौं पटक छल’फल गर्दा पनि तल’ब कति बढाउने भन्ने सहमति नभएपछि नवौं बैठकले बहुमतका आधारमा यो तलब निर्धा’रण गरेको हो । सो बैठक कामदार पक्षले बहिस्कार गरेको थियो । समिति’मा कामदार, व्यवसा’यी र सर’कारी पक्षको ९/९ जना सदस्य रहने व्यव’स्था छ ।

व्यवसा’यीहरुले गत वर्षको तलबमा २.१ प्रतिशत कटौ’ती गरेर ८ हजार ४ सय १० वन बनाउने माग राखेको थिए भने कामदार पक्षले १६.४ प्रतिशत वृद्धि गरेर १० हजार वन ब’नाउन माग राखेका थिए ।

वृद्धि भएको तलबबाट दक्षिण कोरिया’मा रहेका ४० लाख कामदा’रसँगै ३५ हजार भन्दा बढी नेपाली कामदार पनि प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

दक्षिण को’रियाका राष्ट्रपति मुन जे इनले निर्वा’चनका ताका सन् २०२०/२१ सम्म कामदारको तलब प्रति’घन्टा १० हजार कोरियन वन बनाउने जनाएका थिए । तर कोरोना भाइरसको महा’मारीका कारण यस पटक उल्ले’खनीय रुपमा तलब वृ’द्धि नभएको बताइन्छ ।

सन् २०१८ मा १६.४ र सन् २०१९ मा ११ प्रति’शत तलब बढाएको थियो । साना तथा मझौला व्यव’सायीले व्यापक विरो’ध गरेपछि गत वर्ष २.९ प्रतिशत तलब बढेको थियो । -कान्तिपुर

प्रतिकृया दिनुहोस्