रत्नपार्कको व्य’स्त सडकमा हिड्दै गर्दा मेरो आंखा एक मनै रुवाउने दृश्य’मा गयो । रत्नपार्कको अगाडि गेटमा मान्छे’हरुको भिड थियो र त्यहि भिडको अगाडि ५ बर्षको बाबु माईक स’मातेर गीत गाउंदै थिए । छेउमै सानो बाबुको आमा र बुवा थिए । बुवा दृष्टि’बिहिन थिए भने आमा सकुशल देखिन्थिन् । सानो बाबुको गीत सुनेर समय स’मयमा हेर्नेहरुले १०, २० रुपैंया बाबुको अ’गाडी रहेको एउटा भाडोमा खसालिदिन्थे ।
निकै मिठो स्वर भएका यि बाबुको नाम हो, बसन्त लामा । बसन्तले यसरी गीत गाउन थालेको केहि महिना मात्र भएछ । उनको बुवा बुद्ध लामा र आमा युनिका लामा’संग कुरा गर्दा थाहा भयो, आफ्नै स्कुलको फि तिर्न पैसा नभएपछि बाबुले सड_कमा गाउन थालेका रहेछन् ।
५ बर्षकै उमेरमा यति मिठो गीत गाउने बाबुको एउटै सपना छ, ठुलो भएर देशले चिन्ने र सबैले चिन्ने गा’यक बन्ने । बसन्तको बुवा आमा पहिले देखि नै यसरी सडकमा गीत गाउंथे । हातमा समस्या भएपछि अरु काम गर्न नसक्ने ब’सन्तको आमाको स्वर पनि उत्तिकै मिठो छ । कस्तो हृदय’बिदारक दृश्य, यो हेर्दा कस्को मन नरोला। यसैबिच स’त्यराम राम गीत रेकर्ड भएको छ । – इताजा खबरबाट