फोन ढिलो चार्ज भएर हैरान हुनुहुन्छ ? यस्ता छन्: छिटो चार्ज गर्ने उपायहरु

कुनै समय टेलिफोनमा कुरा’कानी गर्न घण्टौँ हिड्नुपर्ने नेपालीका घरघरमा अहिले मोबाइल फोन छ । घरको एउटा कुनै सद’स्यलाई फोन गरेर कसैलाई दिनोस् न भन्दा उसकै मोबाइल फोन गर्दा हुन्छ नि भन्ने अवस्था सृजना भएको छ । अर्थात प्रत्येक घरका हरे’कजसो सदस्यको हातहा’तमा मोबाइल छ ।

तर मोबाइल फोन छिटो चार्ज नहुदा दिक्क लाग्नेहरु पनि धेरै नै छन् । यस्तो समस्या समा’धानका लागि आजकल स्मा’र्टफोन निर्माता कम्पनीहरूले उनीहरूको मिडरेन्ज र त्यस माथिको श्रेणीका स्मार्टफोनमा फास्ट चार्ज सुविधा प्रदान गरिरहेका छन्। तर यस्ता धेरै प्रयोगकर्ताहरू छन् जस’सँग फास्ट चार्ज स्मार्टफोनहरू छैनन् र उनीहरूको फोनहरू ढिलो चार्ज हुने गरेको छ ।

फोन ढिलो चार्ज हुने का’रणहरू धेरै भएकाले त्यस्ता कारणलाई पहिचान गरी हटाउन सके मोबाइल फोन छिटो चार्ज गर्न सकिन्छ । हामी यहाँ तपा’ईलाई केही त्यस्ता टिप्स दिदैछौँ जसले त’पाईको फोन ढिलो चार्ज हुने समस्या समाधान गर्न मद्दत मिल्नेछ ।

मोबाइल स्वीच अफ गरेर मात्रै चार्ज गर्ने:
यदी तपाईं मोबाइल अफ नै नगरी चार्ज गर्दै हुनुहुन्छ भने आजैदेखि उक्त बानी त्यागिदिनोस् । तपाईं फोनलाई स्वीच अफ गरेर मात्र चार्ज गर्न थाल्नोस्, त्यसो गरेपछि स्मार्टफोनलाई छिटो चार्ज गर्न सकिन्छ । फोन अफ गरेर नेटवर्क सिग्नलहरू बन्द हुनेछ र धेरै जसो एप्स पनि बन्द हुनेछन्, यसले चाँडै चार्ज हुनेछ।

सक्कली चार्जर प्रयोग गर्नुहोस्।:
मोबाइल चार्च गर्दा सधै सम्ब’न्धित कम्पनीले उपलब्ध गराएको चार्जर मात्रै प्रयोग गर्नुहोस् । बजारमा सस्तो मूल्य’मा किन्न पाईने नक्कली र सस्तो चार्जर प्रयोग नगर्नुहोस् । यसो गर्दा तपाईँ’को स्मार्टफोन पड्किने सम्भावना धेरै हुन्छ साथै स्मार्टफोन छिटो बिग्रिने जोखिम पनि उच्च हुन्छ।

मोबाइलमा उपलब्ध विकल्पको प्रयोग:
तपाईँको मोबाइ’लमा पावरसँग सम्बन्धित विभिन्न विकल्पहरु हुन्छन् । सँधै पावर सेभिंग मोड र ब्या’ट्री सेभर Power saving mode/ Battery saver मोड प्रयोग गरेर स्मा’र्टफोन चार्ज गर्नुहोस्। यसो गर्दा स्मार्टफोनमा भएका ब्या’कग्राउण्ड एप्स बन्द गर्दछ र मोबाइल छिटो चार्ज हुन्छ ।

फ्लाईट मोडमा चार्ज गर्नुहोस्:
यदि तपाईँ फोन’लाई अन नै राखेर चार्ज गर्न चाह’नुहुन्छ भने फोनलाई फास्ट चार्ज गर्न फ्लाइट मोडमा पनि राख्न सक्नुहुनेछ । यो सुबिधा अहि’लेको हरेक स्मार्टफोनमा राखिएको हुन्छ । फोनलाई फ्लाइट मोडमा राख्दा मोबाइल नेट’वर्क सिग्नल, वाईफाई, ब्लूटूथ लगाय`तका कनेक्सनहरु बन्द हुन्छ र फोन छिटो चार्ज हुन्छ ।

नक्क`ली डाटा केबल प्रयोग नगर्नुहोस्
मोबाइल फोन चार्ज गर्दा जुनपायो त्यही डाटा के’वलको प्रयोग पनि छिटो चार्ज नहुने अर्को कारण हो । सस्तो र नक्कली डाटा के’बल प्रयोग गरेर चार्ज गर्दा पनि समस्या हुन्छ । चार्जर ओरिजिनल नै भए पनि डाटा केव’ल नक्कली भएमा काम गर्दैन । यसर्थ डाटा केवल पनि सक्कली नै प्रयोग गर्नोस् ।

यसअतिरिक्त आफ्नो मोबा’इल सुरक्षित राख्न फोनमा लगाइएको ब्याक कभर पनि चा’र्ज गरेको बेला निकालेमा छिटो चार्ज हुन्छ । ब्याक कभरको साथ फोन चा’र्ज गर्नाले मोबाइल छिटो तातिन्छ । यसले पनि फोन छिटो चार्ज हुन मुस्किल हुन्छ । – खबरहब बाट

प्रतिकृया दिनुहोस्