पाँच दिनदेखि लागेको भिषण डढेलो पाथीभरा मन्दिरमा पुग्यो, मन्दिर भने सुरक्षित

ताप्लेजुङस्थित प्र’सिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको आ’गलागीले ठूलो रुप लिन थालेको छ । आइतबार आंशिक रुपमा नियन्त्रणमा आएको आ’गलागी आज बिहान मन्दिर परि’सरमा नै पुगेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिलेसम्म मन्दिर भने सुरक्षित रहेको छ ।

मन्दिरको सुरक्षाका लागि स्थानीयवासी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीको बाक्लो उप’स्थिति रहेको छ । बिहीबार फुङलिङ नगरपालिका–११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट आग’लागी शुरु भएको थियो । आग’लागी क्षेत्र मुख्यगरी वन्यजन्तु रेडपाण्डाको बासस्थानका रुपमा लिने गरिन्छ । आ’गलागीले बहुमूल्य जडीबुटी तथा वनस्पतिका साथै विभिन्न प्रजातिका बोट बिरुवा नष्ट भएका छन् ।

आगला’गीबाट वन्यजन्तु साथै उनीहरुको बासस्थानमा समेत असर पुगेको छ भने खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका स्थानीयवासी सम’स्यामा परेका छन् । खानेपानीका लागि ल्याइएको झण्डै चार सय मिटर पाइप जलेर न’ष्ट भएको बताइएको छ । आग’लागीको कारण अझै खुलेको छैन ।

यसैबीच मन्दिरसम्म आगो पुगेपछि आज सिम्रिक एयरको हेलिकप्टरबाट ढडेलो नि’यन्त्रण गर्न थालिएको छ । पाथीभरा क्षेत्रमा पानी नभएकाले हेलिकप्टरबाट पानी ओ’सारेर आगो निय’न्त्रणमा ल्याउन लागिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्