दुर्गेश थापा र रियाशा दाहालको ‘भट्टीवाली’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

आधुनिक गीत र र्‍याप स’मावेश ‘भट्टीवाली’ गीतको म्युजिक भिडियो डिजिटल बजारमा सा’र्वजनिक भएको छ । गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दासको स्वर र जगत तिरु’वाको र्‍याप समेत स’मावेश छ।

परदेशमा बसेर आफ्नो सिर्जना या’त्रालाई अघि बढाइरहेका गीतकार राम कृष्ण महरा’को शब्द र सिद्धान्त परियारको संगीत रहेको गीतमा नारायण दंगालको संगीत सं’योजन रहेको छ । डान्सिङ शैलीको यस गीतमा युवायुव’तीबीचको प्रेम र आ’कर्षण प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको दम’दार नृत्य प्रस्तुति देख्न सकिन्छ ।

बुद्ध थापाले छायांकन गरेका यस भिडि’योमा सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पा’दन रहेको छ । गोविन्द प्रसाद साह उत्पा’दक रहेको यस भिडियोलाई जीवन शाहीको निर्दे’शनमा तयार पारिएको हो । – न्यूज24 नेपालबाट

प्रतिकृया दिनुहोस्