बाढी पीडितलाई सहयोग गर्न कालिकोट पुगे नायक पल शाह

पछिल्लो समय मोडल तथा कलाकार पल शाह फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा देखिएका छन् । म्युजिक भिडि’योमा उनको राम्रो माग छ ।

पलले अभिनय गरेका म्युजिक भिडियो’हरुले चर्चा पनि कमाउने गर्छन् । अर्कातिर म्युजिक भिडियो’बाट छोटो समयमै राम्रै आम्दानी हुने भएकाले पनि कलाकारहरु यतातिर होमिने गर्छन् ।

आजभोलि भने पल शाह सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेका छन् । लकडाउन शुरु भएसँगै पलले स’मस्यामा परेका चलचित्र प्राविधिकहरुको सहयोगार्थ रुपैयाँ ५ लाख दिएका थिए । प्राविधिक समस्यामा परेका बेला उनले गरेको सहयोगले राहत पुगेको थियो ।

यसैबीच पल यतिबेला कालीको’टतिर लागेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘यात्रा कालीकोटको’ भन्दै तस्वीर शेयर गरेका छन् ।

उनी का’लीकोट कुनै म्युजिक भिडि’योको छायांकनका लागि नभएर यसै साता गएको बाढी र पहिरोपीडितलाई राह’त बाँड्न जान लागेका हुन् ।

उनी आफूले दर्ता गराएको पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा राहत बाँड्न जान लागेका हुन् । पलले बाढीपहिरोले स’मस्यामा पारेका ४० घरलाई लत्ताकपडा र खाद्यान्न सामग्री वितरण गर्ने बताएका छन् । – खबर हब

प्रतिकृया दिनुहोस्