आँखा नदेख्ने आमा बुवा पा’ल्न रत्नपार्कमा गीत गाउने ५ बर्षे बाबुको गीत रेक’र्ड हुने भयो । परिवारले नै गीत गाउँदै, शिशिर भण्डारीले गीत रेकर्ड गराईदिदै । रत्नपार्कको व्यस्त सड’कमा हिड्दै गर्दा मेरो आंखा एक मनै रुवाउने दृश्यमा गयो । रत्नपार्कको अगाडि गेटमा मान्छेहरुको भिड थियो र त्यहि भिडको अगाडि ५ बर्षको बाबु माईक समा’तेर गीत गाउंदै थिए । छेउमै सानो बा’बुको आमा र बुवा थिए ।
बुवा दृष्टिबिहिन थिए भने आमा सकु’शल देखिन्थिन् । सानो बाबुको गीत सुनेर समय समय’मा हेर्नेहरुले १०, २० रुपैंया बाबुको अगाडी रहेको एउटा भाडोमा खसा’लिदिन्थे । निकै मिठो स्वर भएका यि बाबुको नाम हो, बसन्त लामा । बसन्तले यसरी गीत गाउन थालेको केहि ‘मिहना मात्र भएछ । उनको बुवा बुद्ध लामा र आमा युनिका लामासंग कुरा गर्दा थाहा भयो, आफ्नै स्कुलको फि तिर्न पैसा नभ’एपछि बाबुले सडकमा गाउन थालेका रहेछन् ।
५ बर्षकै उमेरमा यति मिठो गीत गाउने बाबुको एउटै स’पना छ, ठुलो भएर देशले चिन्ने र सबैले चिन्ने गायक बन्ने । बसन्तको बुवा आमा पहिले देखि नै यसरी सड’कमा गीत गाउंथे । हातमा समस्या भएपछि अरु काम गर्न नसक्ने बसन्तको आमाको स्वर पनि उत्ति’कै मिठो छ । कस्तो हृद’यबिदारक दृश्य, यो हेर्दा कस्को मन नरोला ।
आफ्नो आमा बुवा गीत गाउन घरबाट नि’स्कदा बसन्त पछि लाग्छन्, दिनभरी खाजा पनि न’खाई गीत गाउँछन् । यसैबिच कलाकार तथा संचा’रकर्मी शिशिर भण्डारी रत्नपार्क पुगे र बसन्त र उनको परिवारको कथा सबै माँझ ल्याए । यो परि’वारको कथाले सबैको मन जित्यो र शिशिरले बसन्त र परिवारको नयाँ गीत रेकर्ड गरिदिने भएका छन्। – ओएस नेपालबाट