अब ठूलो आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गरिने

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ठूलो आ’वाज निकाल्ने मोटरसाइकललाई कार’वाही गर्ने अ’भियान थालेको छ । कार्यालयले ठूलो आवाज निकाल्ने ३५ मोटरसाइकलका साइलेन्सर तानेको जनाएको छ । सवारी व्यव’स्थापन तथा ध्वनि प्रदूषण न्यू’नीकरण गर्ने उद्देश्यले प्रहरीले बुलेट मोटरसाइकलका साइलेन्सर तानेको जिल्ला ट्राफिक का’र्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जा’नकारी गराउनुभयो ।

सडकमा हिँड्ने नागरिकलाई समेत त्र’सित बनाएर ठूलो आ’वाज निकाल्ने ३५ वटा बुलेट मोटरसाइकलका साइलेन्सर नि’कालेको प्रमुख आचार्यले बताउनुभयो । उहाँले ध्वनि प्रदूषण नि’यन्त्रण गर्न एक महिने अभि’यान नै सञ्चा’लन गरेको बताउनुभयो ।

“नयाँ मोटरसाइकल ख’रिद गर्दा हुने वास्त’विक ध्वनिलाई मोडिफाइ गरेर ध्वनि बढाइएको पाएपछि का’रवाहीका लागि साइलेन्सर तानेका हौँ”, आचार्यले भन्नुभयो, “सवारी ध्वनिले वीरेन्द्रनगर बजार क्षेत्रमा साइलेन्सर मोडिफाइ नगर्ने प्रति’बद्धता जनाएपछि मात्रै कारवाही गरेर छाड्ने छौँ ।”उहाँले सवारी माप’दण्डअनुसार आफूखुशी स्वरुप परि’वर्तन गर्ने र ठूलो आ’वाज निकाल्ने सवारी देखेमा त_त्काल प्रहरीलाई खबर गरिदिन अ’पिल गर्नुभयो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्