पल, नाजिर र वर्षाको अभिनय रहेको ‘वीर विक्रम २’ सार्वजनिक हेर्नुहोस् (फिल्म सहित)

वर्षा शि’वाकोटी, पल शाह र नाजिर हुसेनको शीर्ष भू’मिका रहेको फिल्म ‘वीर विक्रम २’ युट्युब रिलिज गरिएको छ । हलमा प्रदर्शनका क्रममा दर्श’कबाट सन्तोषजनक प्रतिक्रिया पाएको यो फिल्मलाई मिलन चाम्सले नि’र्देशन गरेका हुन् । फिल्ममा वीर र विक्रम दुई साथीको सम्बन्धलाई देखाइएको छ ।

यसअघि फिल्म ‘वीर विक्रम’ निर्माण भई प्रदर्श’नमा आएको थियो । उक्त फिल्ममा दयाहाङ राई र अनुपविक्रम शाहीको शीर्ष भूमिका थियो ।‘वीर विक्रम’ सफल भएपछि सोही नाम दिएर निर्देशक चाम्सले ‘वीर विक्रम २’ नि’र्माण गरेका थिए । तर, उक्त फिल्म भने आशा गरिए अ’नुरुप सफल हुन सकेन ।

फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, मनोज केसी लगायतका कलाकारको अभि’नय रहेको छ । यो फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् भने सुदीप बरालले खिचेका हुन् । यस्तै फिल्ममा हिमाल केसीको द्वन्द्व र बनिष शाहको सम्पा’दन छ ।- खबरहब बाट

प्रतिकृया दिनुहोस्