तीस सेकेण्ड’मा एक सयभन्दा बढी शब्द सम्झेर कालि’कोटका १९ वर्षीय विजय शाही अहिले चर्चामा छन् । उनलाई तेजस्मरणशक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ ।
उनी कालि’कोटका स्था’निय युवा हुन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् ।
विश्व रेकर्ड कायम गरे’पछि शाहीलाई अहिले अन्त’रवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किता’व सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् ।
एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड का’यम गर्न सफल भएको चर्चित पत्रकार भाग्य नेउपानेले आफ्नो युट्युब च्यानलमा जनाएका छन् ।
शाहीले एक मिने’टमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै यसअघिका विश्वकीर्तिमानी भारतका सागर भुजीलाई पछि पारेका हुन् ।
यसभन्दा अगाडि स्मर’णशक्तिको एउटा इमेभन्टमा झापाका अर्पण शर्माले गिनिज बुक रेकर्डमा नाम लेखाएका थिए । उनलाई समेत शाहीले उछिनेको अनलाइन समाचा’रहरुमा उल्लेख गर्न थालिएको छ । तर शर्माको रेकर्ड तोडेको बारेमा पुष्टि हुन सकेको छैन ।
काठमाडौंको होटल अन्नपू’र्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ । उनले च्याम्पियन बुक अफ वर्ल्ड रेकर्डको उपाधि पाएका छन् ।
उनी अहिले सामाजिक सञ्जाल र अन्तर’वार्ताहरुमा देखिने गरेका छन् । उनको यो अद्भुत कलाको प्रस्तुति धेरै युट्युव च्यानलहरुले दिएका छन् ।
दुर्गम गाउँमा जन्मेका शाहीले गाउँकै विद्या’लयवाट प्रमाण’पत्र तह पास गरेको जनाइएको छ।