हिन्दू धर्ममा मंगलबार किन विषेश छ ? जान्नुहोस्

हिन्दूधर्म’अनुसार मंगलबार विशेष गरी गणेश भग’वानको पूजाआराधना गरिन्छ । यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहा’नको खाना खानु हुँदैन भने साँझको खानामा नुन मि’साउनु हुँदैन ।

सबै किसि’मको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्रा’प्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगल’बारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीव’नभरी नै लिए अझ राम्रो हुन्छ ।

मंगलबारको व्रतमा गहुँ र सख्ख’रको भोजन गर्नुपर्ने हुन्छ भने रातो कपडा धारण गर्नु पर्छ । मंगलबारको व्रतबाट मं’गल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ । मंगलबार गणेश भगवानको आराधना गर्दा ‘ॐ भौमाय नमः’ मन्त्रस’हित जप गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि फ’ल दान गर्नुपर्दछ ।

यसका साथै मंगलबारको दिन हनु’मान जीको उपासनाका लागि उत्तम मानिन्छ । हनुमान वास्त’वमा मंगलको पनि अरिष्टदेवता हुन् । हनुमानलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाये’ भनि पुकारिन्छ । सबै ग्रहभन्दा बलवान हनुमान रहेको धार्मिक तथा पौरा’णिक कथाहरुमा उल्लेख छ ।

एक नि’श्चिल हृदय (छलकपटरहित) का देवताका रुपमा हनुमानलाई लिइन्छ । जीवनभर अविवाहित रही ब्रह्म’चार्य प्राप्त योगी अथवा साधुको रुपमा पनि हनुमा’नलाई चिनिन्छ । मंगलबारको व्रत कथामा एक ब्राह्मणीले हनुमानको उपा’सना गरेकै कारण ‘मंगल’ नामक पुत्र प्राप्त गरेको धार्मिक कथा’मा उल्लेख छ ।-खबर हबबाट

प्रतिकृया दिनुहोस्