राष्ट्र’कवि माधव प्रसाद घिमिरे काव्य पुरस्कार घो’षणा राशी २ हजार डलर

अन्तररा’ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ‘राष्ट्रकवि माधव’प्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।

अनेसास वोर्ड अफ ट्रस्टी’का अध्यक्ष गीता खत्रीकाे अध्य’क्षतामा अगष्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्त’कमध्ये उत्कृष्ट पुस्तकका लागि प्रदान गर्ने गरी सो पुरस्कारको स्थापना तथा घोषणा गरेको हो ।

हरेक दुई वर्षमा महाकवि लक्ष्मी’प्रसाद देवकोटाकाे जन्मजयन्तीका अवसरमा प्रदान गरिने उक्त पुरस्कारको राशी २ हजार अमेरिकी डलर रहेको अने’सास वोर्ड अफ ट्रस्टीका को’षाध्यक्ष राम लामा ‘अविनाशी’ले जानकारी दिनुभयो ।

उक्त पुरस्कारका सम्बन्धमा विस्तृत कार्य’विधि तथा निर्देशिका तयार गर्न कार्यसमितिले पुरस्कार समितिलाई जिम्मेवारीसमेत दिइसकेको छ । सो काव्य पुरस्कार पहि’लोपटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ ।

नेपाली साहि’त्यका एक विशिष्ट काव्य’साधक राष्ट्रकवि माध’व प्रसाद घिमिरेकाे मंगलबार साँझ १०१ वर्षकाे उमेरमा निधन भएकाे थियाे । उहाँकाे सम्मानमा पुर’स्कार घाेषणा गरिएकाे हाे ।

प्रतिकृया दिनुहोस्