कागतीको यति धेरै फाइदाहरु जान्नुहोस्

कागती बहुउ’पयोगी फलफुल मध्ये एक हो । यो नेपालको जुनसुकै भागमा सजिलै पाउन सकिन्छ । यद्यपी यसलाई फल’का रूपमा भन्दा पनि सर्वत वा अचार ब’नाउन प्रयोग गरीन्छ । कागतीका अनगिन्ती फाइदा छन् । आज हामी कागतीका यीनै फाइ’दाबारे चर्चा गर्नेछौ ।

खानामा केही थोपा काग’तीको रस हालेर खाएमा यसले खानाको स्वाद बढाउँछ । कागतीको सेवनले अपच र कब्जि’यतमा लाभ प्राप्त हुन्छ । यसको सेवनले रगत शु’द्धिकरण गर्ने र शरीरका अन्य विकार समेत हटाउँछ । कागतीलाई सफा पानीमा निचो’रेर खाएमा शरी’रमा ऊर्जा प्राप्त हुन्छ । पिसेको पुदिनाको पा’तलाई कागती पानीमा मिसाएर खाएमा शरीर शितल हुन्छ । कागतीको प्रयोगले दाँतको हेरचाह र सुर’क्षामा समेत लाभ पुर्याउँछ ।

दाँत दुखेको ठाउँमा का’गतीको रस राख्दा यसले दाँत दुखाइलाई कम गर्दछ । गिजामा कागतीको रसले हल्का मसाज गरेमा गि’जाबाट रगत आउने समस्या रोकिन्छ । कागतीको जुस खादाँ मुख गन्हाउने समस्याबाट समेत मुक्ति पाउन सकिन्छ । दाँतको सफा’ईमा कागतीको प्रयोग लाभदायी हुन्छ । तर चाडैं कुल्ला गर्नु पर्दछ । कपाल च’म्किलो बनाउन र यसको सुरक्षामा काग’तीको रस उपयोगी हुन्छ ।

कपालको जरामा कागती लगा’उनाले चायाँ र कपाल खस्ने समस्यामा लाभ मिल्दछ । पोलेको भागमा तत्काल काग’तीको रस दल्ने हो भने फोका उठ्दैन । पोलेको घाउमा कागतीको रस नियमित लगाउँदा दाग निको भएर जान्छ । मो’टोपना कम गर्नमा समेत कागतीको सेवन उपयोगी हुन्छ । हैजा र मलेरिया रोगमा समेत का’गतीको सर्वतको सेवन लाभदायी हुन्छ ।

तातो पानीमा का’गतीको रस हालेर पैताला डुबाउँदा खुट्टा दुखाई निको हुन्छ । मनतातो पानिमा कागतीको रस हालेर नु’हाएमा शरीरको दुखाई समेत कम हुन्छ । शरीरमा आएका गिर्खा र मासुका डल्लालाई कागतीको रसले बिस्तारै हटाउँछ । नियमित काग’तीको सर्वत पिउनेलाई पत्थरीको समस्या कम हुन्छ । घाँटीमा हुने संक्रमण, घाँटीको खरावी र दुखाईमा कागतीको सर्वत उपयो’गी हुन्छ ।

मुटुका सम’स्या भएका व्यक्तिलाई समेत कागतीको सर्वत अति उपयोगी हुन्छ । कागतीमा पोटासियम तत्व हुने भएकाले उच्च रक्तचापमा नियन्त्रण ल्याउँछ । कागतीको सेवनले वाक’वाकी लाग्ने, टाउको दुखाईमा नियन्त्रण गर्दछ । मानसिक तनाव नियन्त्रण गर्न पनि कागतीको सर्वतको सेवन उपयो’गी छ ।-खबर हबबाट

प्रतिकृया दिनुहोस्