अन्जु पन्तको आवाजमा ‘मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ गीतको म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

लोकप्रिय गायिका अञ्जु पन्तको आवा’जमा ‘मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ गीतको म्यूजिक भिडियो सार्वज’निक गरिएको छ । बरिष्ठ गीतकार हिराकाजी थापाको शब्द तथा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा ‘मैले रुदा’ गीत सा’र्वजनिक गरिएको हो ।

गीतलाई चन्द सिंहले एरेञ्ज गरेका हुन्, भने किशोर थापाले मिक्सिङ÷मास्टरिङ गरेका हुन् । अभिनेता आ’काश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डीसी, आरध्य खड्का, तपस अधिकारीको अभि’नय रहेको भिडियोको निर्दे’शन पनि गीतकार थापा आफैले गरेका हुन् ।

प्रेमिका बेइमान हुँदा एउटा प्रेमीको जीव’नमा कस्तो असर पुग्छ ? प्रेमी घरको न घाटको बन्न पुगेको वि’योगान्त कथावस्तुलाई भिडियोमा प्रस्तुत गरिएको निर्देशक हिराकाजी थापाको दाबी छ । सुन्दरी मोडल समिक्षा र आलिसाको पनि स’शक्त अभिनय रहेको भिडियो रिलिज भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्देश’क थापाले बताए ।

पछिल्लो समय समाजमा बढ्दो डि’भोर्स परम्परा र प्रेममा धोका पाएकाहरुको कथामा नायक आकाश श्रेष्ठले जिवन्त अभिनय गरेका छन् ।सहनिर्देशक तथा कोरि’योग्राफर गौरव गिरी रहेको गीतको भिडियोको छायांकन उत्तम हुमागा’ईले गरेका हुन्, भने सम्पा’दन अनिल रानाले गरेका हुन् ।न्युज24 बाट

प्रतिकृया दिनुहोस्