कोरोना भाइ’रससँग मिल्ने ‘कन्टेजन’ को कथा,जुन १० वर्षअघि ब’नेको थियो

कोरोना भाइरस महामा’रीले विश्वका लगभग सबै मा’निसको जीवनमा प्रभाव पारेको छ । भाइरसका कारण मान्छेले सामाजि’क दूरी कायम राख्न थालेका छन् भने हात मिलाउनुको साटो टाढैबाट नमस्कार गर्न थालेका छन् ।

विश्वमा कोरोना भाइर’सबाट करोडभन्दा बढी संक्रमित फैलिएका छन् । लाखौंले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिसँगको सम्पर्कमा आउँदा तत्काल सरिहाल्ने भएकाले पनि यसले छिट्टै महामारीको रुप लिएको हो ।
यस्तै कथामा दश वर्षअघि एक फिल्म नि’र्माण भएको थियो । जुन फिल्मले सन् २०११ मा रिलिज हुँदा खासै व्यावसायिक सफलता पाएको थिएन ।

उक्त हलिउड फिल्म ‘कन्टेजन’ ले को’रोना भाइरस महामारीपछि भने एकाएक चर्चा कमाएको छ । यो फिल्म विश्वभरमै खोजीको सूचीमा परेको छ ।

म्याट डेमन, ज्यूड ल, ग्वेइनेथ प्याल्ट्रो लगायत क’लाकारले अभिनय गरेको यो फिल्मले त्यतिबेला खासै चर्चा कमाउन सकेन । जबकि, फिल्ममा अमेरिकाका ख्या’तिप्राप्त कलाकारहरुले अभिनय गरेका थिए ।

लकडाउन र फैलँदो कोरोना भाइ’रसका कारण यो फिल्मले एकाएक चर्चा कमाउन सफल भएको हो ।

फिल्ममा एक व्यापारी महिला चीन’बाट अमेरिका फर्किएपछि एक रोगका कारण मृत्यु भएको देखाइन्छ । भाइरसबाट सरेको उक्त रोग चीनबाट सरेको र त्यो पनि एक सुँगुरबाट सरेको देखाइन्छ ।

रहस्यमय भाइरसको संक्रम’णबाट उनको मात्र मृत्यु हुँदैन, केही समयपछि रोग सरेर छोराको पनि मृत्यु हुन्छ । फिल्ममा भाइरसको नाम एमईभी–१ राखिएको हुन्छ ।

कोरोना भाइरस पनि हात मिलाउँदा समेत सर्ने एक प्रकारको भाइरस हो । यसको संक्र’मणले व्यक्तिको ज्यान पनि जान सक्छ ।

कोरोना भाइरस पनि चीनबाट नै फैलिए’काले फिल्मको कथासँग कथा मिलेको देखिन्छ । त्यसैले पनि आम दर्शकमा फिल्मप्रति रुचि बढेको देखिन्छ ।

बेच्न राखिएको सुँगु’रको मासु छोएका एक व्यक्तिसँग हात मिलाएपछि ती महिलामा उक्त भाइरस सरेको देखिन्छ ।

कोरोना भाइरस र फिल्मको कथामा समान’ता पाइएपछि यो फिल्म एकाएक चर्चामा आयो ।

फिल्म’का लेखक स्कट बर्न्सले भने यसलाई संयोग भएको बताएका छन् । आफूले १० वर्षअघि लेखेको फिल्मको कथा अहिले आएर मिल्दा उनी चकित भएका छन् ।

उनले एक अन्तर्वार्ताका भनेअनुसार महामारी र प्रकोप आउँदा आधुनिक समाज कमजोर भएको देखाउन यस्तो खाले कथा रोजेका थिए ।

फिल्मको कथा लेख्न उनले भाइरसविज्ञ तथा सरुवा:रोग विशेषज्ञसँग पनि छलफल गरेका थिए । उनले कथालाई थप विश्वसनीय बनाउन विश्व स्वास्थ्य संगठनका विशेषज्ञ’हरुसँग पनि छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस्