नेपाल प्रहरीले नेपा’लको राष्ट्रिय झण्डा झ’लाएको दृश्य राखेर म्युजिक भिडियो बनाउने ग्याल्जोम दोर्जे तामाङलगायत ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
नेपाल प्रहरीले आफ्नो अफि’सियल फे’सबुक पेजमार्फत् जानकारी गराउँदै म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्य ता’माङसहित ९ जनालाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।
नियन्त्रणमा परे’काहरुलाई कानून बमोजिम कारबाही गरिने पनि नेपाल प्रहरीले जानकारी गराएको छ । यही भदौ १ गते मंगोल हप अफिसियल युट्युव च्यानल’मार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा ने’पालको राष्ट्रिय झण्डा जलाइएको दृश्य’लाई प्रस्तुत गरिएको छ । सोही, कारण उक्त गीतको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
राष्ट्रिय गान र राष्ट्रिय झण्डालाई अप’मान र क्षति गर्न मुलुकी अपराध संहिताले निषेध गरेको छ । तर, त्यस्तो कसुर गर्नेलाई तीन वर्ष’सम्म कैद सजाय र ३० हजार रुपै’याँसम्म जरिवाना तथा दुवै हुने व्यवस्था रहेको महानगरीय अपराध महाशाखा, काठ’माडौंले जनाएको छ ।