गायक तथा स’ङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोक’गीत ‘माया देकै हो’ बजारमा आएको छ । निल’मप्रसाद पन्तको गीतलाई ओवी रायमाझी युट्युब च्यानल’बाट बजारमा ल्याइएको हो ।
युट्युव तीन लाख ५० हजार बढीले हेरि’सकेका जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द सङ्क’लन रहेको छ भने गायक थापाकै सङ्गीत रहेको छ ।गीतको भिडियोमा आवी रायमाझी, सारिका केसी र मेलिना मगरले अभि’नय गरेका छन् । सङ्गीत संयो’जन कृष्ण विकको रहेको छ भने भिडियो निर्देशन कपिल ला’माले गरेका छन् ।
सङ्गीतकार थापा पछि’ल्लो समय निकै व्यस्त छन् । उनका गीतले युट्युवमा पनि उत्तिकै भ्यूज बटुलि’रहेका छन् । उनका धेरै गीत करोड क्लबमा छन् । उनले स’ङ्गीत गरेको गीत ‘सालको पातको टपरी’ले युट्युवमा ६ करोड ५३ लाख बढी भ्यूज पाएको छ । यस्तै ‘लोभी आँखा’ दुई करोड ८५ लाख बढी, ‘चौतारीको बर’ एक करोड ९० लाख बढी र ‘उही खो’लीमा पानी’ एक करोड ६८ लाख बढी पटक हेरिएको छ ।-खबर हबबाट