मानिस ठूलो दि’लले हुन्छ जातले हुँदैन । रगत रग’त सबैको एउटै हो कसैको कालो र कसैको रातो हुँदैन । भन्ने यो भनाईलाई ठूला जाति भन्नेहरुले स’जिलै बुझिदिएको भए आज समाजमा जा’तिय भेदभावको विभेद नै हुने थिएन ।
आज न जाज’रकोट र रुकुम घटना घट्ने थियो न त फेरी चितवनमा २० वर्षको यो दुःख लाग्दो एउटा प्रेम गर्ने जोडीको कथा सु’न्ने पर्ने थिएन । नाम पदम बहादुर सार्की । घर चि’तवनको शक्तिखोर । बस्नेतकी छो’रीसंग प्रेम विबाह गरेको २० वर्ष भएछ ।
आजभन्दा २० वर्ष पहिले सरिता बस्नेतसंग प्रेम गरेका पदमको ससु’राली गाउँमै चार घर पर छ । तर पनि न उनको न त उनकी श्रीमतीको ससुरालीमा आवत’जावत नै छैन ।
सरल बोली भएका पदम श्रीमती स’रितातिर देखाउँदै भन्छन्,‘म सार्कीको छोरा हुँ र मैले बस्नेतकी छोरीलाई प्रेम गरेर भगा’एर यिनलाई बिहे गरेको आज २० वर्ष भईसकेको छ । तर मलाई अहिलेसम्म ससुरा’लीको घरमा पलेटी कसेर एउटा ज्वाईले क’सरी खाना खान्छ त्यो थाहा छैन ।’
१५ वर्षको लाग्दै गर्दा माया’लाई रोजेर पदमकै हात थामेर प’दमसंग बिहे गरेकी सरिताले पनि गाउँमै माई’ति हुँदा पनि माईतिको आश्रय पाएकी छैनन् । उनकालागी के तीज के ति’हार । सबै विगत २० वर्षदेखि फि’का हुँदै आई रहेको छ ।
‘छोरा छोरीले सान’सानै हुँदा आमा हामीलाई पनि नयाँ लुगा लगा’ईदिनुस् न हामी पनि अरु जस्तै मामा घरमा जाने भनेर जिद्यी गर्दा म धेरै रोएको छु ।’ उनले भनिन् । सरिताको भनाई अ’नुसार छोराछोरीले मामा घरमा जाने जि’द्यी प्राय चाडपर्व आउँदा गर्ने गर्थे त्यति बेला चडपर्व नै न’आई दिए हुन्थ्यो जस्तो लाग्थ्यो ।-इताजा खबरबाट